बसाई सराई स्वास्थ्यका लागि अर्को चुनौती : स्वास्थ्य राज्यमन्त्री डा. यादव

काठमाडौँ, १६ बैशाख ।  स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा सुरेन्द्र यादवले बसाई सराई स्वास्थ्यका लागि मुख्य चुनौती भएको बताएका छन् । उनले बसाई बसाई सराई गर्नेहरुलाई स्वास्थ्यको पहुँचमा पुरयाउनु पर्नेमा जोड दिएका छन् ।

अन्तराष्टिय आप्रवासी संगठन (आईओएम) युएन माइग्रेसनले बसाई सराई र स्वास्थ्यको सम्वन्धको बारेमा तयार पारि अन्तराष्टिय जर्नल द ल्यानसेटमा प्रकाशित प्रतिवेदन ‘द यूसीएल ल्यानसेट कमिसन अन माइग्रेसन एण्ड हेल्थ’ सार्वजनिक गर्ने क्रममा उनले सो कुरा बताएका हुन् ।

सोमबार त्रिवि शिक्षण अस्पतालमा भएको सो कार्यक्रममा उनले नेपालबाट लाखौँ मानिस श्रममा लागि विदेश जाने र नेपालको अर्थतन्त्रलाई मजबुत बनाउन ठूलो सहयोग पुरयाउने गरेको तर उनीहरुको स्वास्थ्यको बारेमा ध्यान दिइन नसकेको बताए । उनले अब सरकारले अस्थायी रुपमा माइग्रेट भएका ती जनताको स्वास्थ्यमा ध्यान दिने समेत दावी गरे ।

कार्यक्रममा त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्राडा तीर्थ खनियाले ल्यानसेटमा प्रकाशित अनुसन्धानले बसाई सराईले स्वास्थ्य क्षेत्रमा पारेको प्रभावकोबारेमा थाह हुने र नीति निर्माताको ध्यानाकर्षण गराउने बताए ।

कार्यक्रममा चिकित्साशास्त्र अध्ययन संस्थान आईओएमका डीन प्राडा जगदीश अग्रवालले ल्यानसेटको प्रतिवेदन नेपालमा सार्वजनिक पाउनु गर्वको कुरा भन्दै यसले दिशा निर्देश गरेका कुराहरुलाई राज्यले राजयले गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

कार्यक्रममा सो सम्वन्धी अनुसन्धानमा सहभागी डा निर्मलकुमार, त्रिवि शिक्षण अस्पतालका प्राडा सरोज ओझाले संसारको स्वास्थ्यलाई नै प्रभाव पार्ने माइग्रेसनको बारेमा अब हरेक देशले गम्भीरतापूर्वक सोच्नुपर्ने बताए । उनीहरुले माइग्रेसन र हेल्थको बारेमा धारणा राखेका थिए ।

यो प्रतिवेदन विभिन्न देशको अध्ययन गरेका १३ जना अनुसन्धानकर्ताहरुले तयार पारेको बताइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *