कांग्रेस नेता जोशीद्धारा वीर अस्पतालमा १० लाखको अक्षयकोष स्थापना

काठमाडौँ, ३ फागुन । नेपाली काङ्ग्रेसका नेता एवं पूर्वमन्त्री नवीन्द्रराज जोशीले वीर अस्पतालमा रु १० लाखको अक्षयकोष स्थापना गरेका छन् । नेता जोशीले आफ्ना स्वर्गीय पिता गजेन्द्रराज जोशीको स्मृतिमा आज रु १० लाख राशिको गजेन्द्र स्मृति कोष स्थापना गरेका हुन् ।

नेता जोशीकी आमा गीता जोशीले अस्पतालका कार्यकारी निर्देशक भूपेन्द्र बस्नेतलाई उक्त रकम हस्तान्तरण गरे ।

कार्यक्रममा नेता जोशीले अर्थभावका कारणले कुनै पनि बिरामी औषधि उपचारबाट वञ्चित हुन नपरोस् भन्नका लागि उक्त कोष स्थापना गरिएको जानकारी दिए । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स)का उपकुलपति डा सुवोध अधिकारीले काङ्ग्रेस नेता जोशीले गरीब तथा असहायको उपचारका लागि गरेको सहयोग उदाहरणीय रहेको बताए ।

न्याम्सका रजिष्ट्रार डा विश्वराज जोशीले उपचारका लागि आउने असहाय बिरामीलाई यस कोषबाट उपचारको व्यवस्था मिलाउने प्रतिबद्धता व्यक्त गरे । अस्पतालका कार्यकारी निर्देशक डा बस्नेतले अक्षयकोषको सदुपयोग गर्ने र आगामी दिनमा यस्ता कोषलाई थप गर्दै लैजाने बताए ।

गजेन्द्रराज जोशी जिउँदो हुँदा नै शिक्षा क्षेत्रको विकासका लागि पर्सामा नेपाल राष्ट्रिय गीता–गजेन्द्रराज जोशी माध्यमिक विद्यालय स्थापना गरिएको उनका छोरा राजुराज जोशीले जानकारी दिए । गजेन्द्रराज जोशीको गतवर्ष माघ ५ गते ८२ वर्षको उमेरमा निधन भएको थियो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *