महिनावारी भएका महिला कर्मचारीलाई तीन दिन तलवी विदा !

एजेन्सी । इटालीको संसदले महिनावारी भएका बेला महिला कर्मचारीलाई तीन दिन तलवी विदाको व्यवस्था गर्ने सम्वन्धी कानुन निर्माणको प्रक्रिया अघि बढाएको छ । यदि यो कानुन पास भएमा महिनावारी भएका बेला महिला कर्मचारीलाई तलवी विदा दिने इटाली युरोपमै पहिलो देश बन्नेछ ।

महिनावारी भएका बेला कतिपय महिलालाई तल्लो पेट तथा कम्मरमा अति दुखाई डिस्मेनोरिया को समस्या देखिने भन्दै तीन दिन तलवी विदा दिन प्रस्ताव गरिएको हो । तर प्रस्तावमा सहजै विदाको पाउने व्यवस्था भने उल्लेख छैन ।

विदा पाउनका लागि डिस्मेनोरियाको अवस्था भएको भन्दै डाक्टरबाट प्रमाणित कागजातपत्र पेश गर्नुपर्ने छ । र ती कागजलाई बर्षेनि नविकरण गर्नु पर्ने  हुन्छ ।

रिपोर्टहरुमा जनाइए अनुसार समग्र युरोपभर महिला कर्मचारीको संख्या ७२ प्रतिशत छ । इटालीमा सो संख्या ६१ प्रतिशत छ ।

आफूकहाँ ठूलो संख्यामा महिला कर्मचारी रहेको र कतिपयमा डिस्मेनोरियाको समस्या अधिक पर्ने भएकाले यस्तो नियम ल्याउन लागिएको हो । डिस्मेनोरियाको अन्य लक्षणमा झाडा पखला, वाकवाकी आउने, ढाड दुख्ने आदि पनि पर्छन् । कम तौल भएका महिला, अनियमित र धेरै रक्तश्राव हुने महिलालाई यो समस्याले सताउँछ ।

त्यसो त जापान, ताइवान, दक्षिण कोरिया र इन्डोनेसिया लगायतका मुलुकमा महिलाकर्मचारीले तलवी विदा पाउने नियम यस अघि देखि नै लागु हुँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *