स्वास्थ्य मन्त्रालयका पाँच उपसचिवको जिम्मेवारी हेरफेर

काठमाडौँ, २६ कात्तिक । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पाँच जना उपसचिवको जिम्मेवारी हेरफेर गरेको छ । आइतबार मात्रै प्रशासनिक अधिकार पाएका निमित्त सचिव डा. सुशीलनाथ प्याकुरेलले सचिवस्तरीय निर्णय गर्दै  उपसचिवको जिम्मेवारी हेरफेर गरेका हुन् ।

मन्त्रालय कर्मचारी प्रशासन महाशाखा प्रमुख जनार्दन गुरागाँईका अनुसार नीति योजना शाखा प्रमुख रहेका लिलाराज पौडेललाई मन्त्रालयकै जनसंख्या व्यवस्थापन तथा सूचना शाखामा पठाइएको छ । नीति योजना शाखामा यसअघि जनसंख्या व्यवस्थापन तथा सूचना शाखा प्रमुख रहेका भक्तराज जोशीलाई ल्याइएको छ ।

यस्तै मन्त्रालयको कर्मचारी प्रशासन महाशाखामा कार्यरत उपसचिव बाबुराम खनाललाई स्वास्थ्य सेवा विभागका लागि रमाना दिइएको छ ।

मन्त्रालयमा आयुर्वेद विभागका उपसचिव बाबुराम लामिछानेलाई ल्याइएको छ । आयुर्वेद विभागमा स्वास्थ्य सेवा विभागका उपसचिव महेश पाण्डेलाई पठाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *