ठूला अस्पताल छाडेर बर्थिङ सेन्टरमै सुत्केरी

काशीराम शर्मा

बाँके, ९ असोज । “गर्भवती जाँच गराउ, घरमा सुत्केरी नहोउ भन्ने सन्देश बाँकेमा अत्यन्त प्रभावकारी र फलदायी भएको छ ।”

“गर्भवती जाँच गर्ने बेलामै बर्थिङ सेन्टरमै सुत्केरी हुन आउनु भनेर लेख्छौँ”, नेपालगञ्ज उपमहानगरपालिका–२० स्थित मनिकापुर स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी निरीक्षक शीतला खड्काले भनिन् ।

मनिकापुरस्थित बर्थिङ सेन्टरमा सो क्षेत्रका मात्र नभई बर्दियाको बेलवाबाट पनि सुत्केरी हुन आएको रेकर्ड छ । नेपालगञ्जकै सीमासँग जोडिएको जयसपुरबाट पनि सुत्केरी हुन मनिकापुरकै बर्थिङ सेन्टरमा गर्भवती महिला पुग्ने गरेको बताउछिन्, सिनियर अनमी निरीक्षक खड्का ।

जयसपुरबाट मनिकापुर पुग्दाबीच बाटोमा ठूला र सुविधा सम्पन्न अस्पताल छन् तर सुत्केरी किन मनिकापुर नै पुग्छन् भन्ने प्रश्नमा उनी भन्नुन्छिन्, “बर्थिङ सेन्टरप्रति गर्भवतीको बढी विश्वास छ, हुन त हामीले पनि जोखिममा रहेका गर्भवतीलाई भेरी अञ्चल अस्पतालमै पठाउने हो, तर उहाँहरुको विश्वास हामीले जितेका छौँ ।”

बर्थिङ सेन्टरमा गत आर्थिक वर्ष २०७४÷०७५ मा १२६ जना सुत्केरी भएका छन् । यस आवको दुई महीनामा मात्रै सेन्टरमा ३६ सुत्केरी भइसकेका छन् । यो तथ्याङ्कले यस आवमा सुत्केरीको सङ्ख्या अझै बढ्ने अनुमान गर्न सकिन्छ । “बर्थिङ सेन्टरले २४ सैँ घण्टा सेवा दिँदै आइरहेको छ”, सिनियर अनमी खड्काले भनिन््, “गाउँमा सुत्केरी हुने दर करीब शून्यजस्तै भएको छ ।

पहाडी र मधेसी समुदायको बराबरीजस्तै बसोबास रहेको मनिकापुरमा नियमित गर्भ जाँच गर्ने र स्वास्थ्य संस्थामै गएर बच्चा जन्माउनु पर्छ भन्ने चेतना बढेको उनले बताइन् । “पहिला गाह्रो थियो, अहिले त स्वास्थ्य संस्थामा भीड नै लाग्छ”, खड्काले भन्नुनिन्, “भदौ २७ गते तीन जना आए, एक जनालाई भेरी अञ्चल अस्पताल नेपालगञ्जमा रिफर ग¥यौँ, दुई जनाले यही बच्चा जन्माए ।”

नियमित गर्भ जाँच गर्दा र स्वास्थ्य संस्थामै बच्चा जन्माउँदा सरकारले प्रोत्साहन भत्ता दिने गरेकाले पनि यसमा ठूलो सहयोग पु¥याएको छ । “अब त चेतनास्तर पनि बढेको छ, घरमै सुत्केरी हुँदा जोखिम हुन्छ भन्ने बुझेका छन्”, महिला स्वयम्सेविका मीना बोहरा सिद्दिकीले भन्नुनिन्, “मेरो टोल ९राँझा बजार०मा त कोहीले पनि घरमा बच्चा जन्माएका छैनन् ।”

सिनियर अनमी निरीक्षक खड्काले प्रोत्साहन भत्ताले पनि स्वास्थ्य संस्थामा आउनेको सङ्ख्या बढाएको बताउनुभयो । “चौथो पटक गर्भ जाँच गर्न आउनेलाई स्वास्थ्य संस्थामै सुत्केरी गराउनु भन्ने लेखेरै दिने गरेकाले पनि सुत्केरी हुन आउनेको सङ्ख्या बढेको छ, उनले भनिन् । मनिकापुर स्वास्थ्य चौकीमा साउनमा २० र भदौमा १६ जनाले बच्चा जन्माएका छन् । नयाँ कानून आएपछि अलिकति जटिल देखिने बित्तिकै रिफर गर्ने गरिएको छ ।

यहाँका सबै महिलाले नियमित गर्भ जाँच गर्ने गरेका छन् । स्वास्थ्य चौकीमै पुग्न नसक्ने गर्भवती महिलाले गाउँटोलमै गाउँघर क्लिनिकमार्फत चेकजाँच गरिरहेका छन् । सो चौकीअन्तर्गत १५ जना स्वास्थ्य स्वयम्सेविकामार्फत गाउँघरमा सचेतनाका कार्यक्रमसमेत सञ्चालन हुँदा गर्भवती महिला नियमित चेकजाँचका लागि आउने गरेको स्वास्थ्य चौकी इञ्चार्ज सरोजकुमार मिश्र बताउछन् ।

उनी भन्छन्, “बर्थिङ सेन्टरमा स्थानीयले अपनत्व महसुस गरेकै कारण प्रसूति सेवा प्रभावकारी देखिएको छ ।” यहाँ ४० जनासम्म अन्य उपचारका लागि आउने गर्छन् भने हप्तामा कम्तीमा पनि तीन जना महिला सुत्केरी हुनकै लागि पुग्ने गरेको इञ्चार्ज मिश्रले बताए । “सेवा प्रवाहमा वृद्धि भइरहेको छ, यसलाई अत्याधुनिक ढङ्गबाट सञ्चालन गरी अझै सुविधा सम्पन्न बनाउनुपर्ने आवश्यकता देखिएको छ”, उनले भने ।

गर्भवती उत्प्रेरणाबापत चार पटक गर्भवती जाँच गराए रु ८०० र बर्थिङ सेन्टरमै सुत्केरी हुनेलाई रु एक हजार पोषणभत्ता दिँदै आएको छ । सरकारले उक्त भत्ता दिन थालेपछि गर्भवती महिला नियमित चेकजाँज र सुत्केरी हुन बर्थिङ सेन्टरमै पुग्ने गरेको अनमी आशा सार्कीले बताइन्। “नेपालगञ्ज उपमहानगरपालिकाको सबैभन्दा ठूलो वडा मनिकापुरमा लोनियाले भनेजस्तो स्वास्थ्य संस्थामा गएर बच्चा जन्माउनु पर्छ भन्ने चेतना बढेको छ”, सार्कीले भनिन् ।

पन्ध्र हजार बढी जनसङ्ख्या रहेको मनिकापुरमा १५ महिला स्वयम्सेविका रहेका छन् । टोलमा को गर्भवती छ र कसले जाँच गराइरहेको छ वा छैन, यसवारे महिला स्वयम्सेविकाले निगरानी गरिरहेका हुन्छन् । “त्यति हुँदाहुँदै पनि भदौमा ५ जनाले घरमै सुत्केरी गराए”, अनमी सार्कीले भनिन्, “उनीहरुले बच्चा जन्माइसकेपछि हामीले थाहा पायौँ ।”

नेपालगञ्ज–२० मनिकापुरकी शान्ति लोनियाले भनिन्, “पहिलो बच्चा पनि स्वास्थ्य संस्थामै जन्माए, अब पनि स्वास्थ्य संस्थामै आएर जन्माउने हो, म स्वास्थ्य संस्थाको नियमित सम्पर्कमा छु, ब्यथा लाग्ने बित्तिकै आइहाल्छु ।” दोस्रो सन्तानकी आमा हुन थालेकी लोनिया तल्लो पेट दुखेपछि उनी जचाउँन स्वास्थ्य चौकीमा आएकी थिइन् । लोनिया नौ महीनाकी गर्भवती छन् ।

जेनेरेटर नहुँदा समस्या

मनिकापुर स्वास्थ्य चौकीमा जेनेरेटरको व्यवस्था नहुँदा रातिको समयमा सुत्केरी गराउँदा समस्या पर्ने गरेको छ । “गर्भवतीले बच्चा पनि पाउनु र बत्ती पनि जानु यहाँ ठूलो समस्या छ, कतिपटक त टर्चलाइट बालेर मुखमा च्यापरे काम चलाएका छौंँ”, अनमी सार्कीले भनिन्, “संस्थामा जेनेरेटर वा इन्भर्टर जडान भए रातिको समयमा काम गर्न सहज हुने थियो ।”

सो वडाका अध्यक्ष कृष्ण कार्कीले इन्भर्टर या सोलार राख्ने भन्नेमा जिआइजेडसँग छलफल भइरहेको र छिट्टै त्यसको व्यवस्थापन हुने बताए । “हामीले सोलार जडान गर्ने सोच बनाएका छौँ, जिआइजेडले इन्भर्टर राख्नका लागि भनेको छ, हामी छलफल गरेर त्यसलाई केही दिनमै टुङ्गोमा पु¥याएर काम सम्पन्न गर्छौं” वडाध्यक्ष कार्कीले भने ।

एम्बुलेन्स नहुँदा लडिया र बुकीको भर

मनिकापुरका ग्रामीण बस्तीमा पक्की सडकको अभाव र नेपालगञ्जभन्दा केही टाढा रहेकाले ब्यथा लागेपछि गर्भवतीलाई लडिया ९गाडा०, बुकी ९टाँगा०को भर पर्नुपर्ने बाध्यता छ । त्यसो त उनीहरुलाई एम्बुलेन्स बोलाउँदा ढिला हुने भएकाले लडिया र बुकी नै प्राथमिकतामा पर्दछन् । अनमी सार्कीले भनिन्, “एम्बुलेन्स बोलाउँदा निकै समय लाग्छ, त्योभन्दा छिटो लडिया र बुकीमै पुगिन्छ, खर्चका हिसाबले पनि निकै सस्तो पर्छ ।”

रमेशपुर, नटनपुरबाट गाडा तथा माइगाउँबाट बुकीमा गर्भवतीलाई सुत्केरी गराउन ल्याउने गरेको अनमी सार्कीले बताइन् । “कुनै दिन त बुकी र लडियाको लाइन नै लाग्छ यहाँ” अनमी सार्कीले भनिन् । स्वास्थ्य चौकीका इञ्चार्ज सरोजकुमार मिश्रले आफूकहाँ सुत्केरी गराउनेको चाप बढ्दो क्रममा रहेको बताए । “जनशक्ति, साधनस्रोत पुगेकै छ”, इन्चार्ज मिश्रले भने, “सिस्टरको व्यवहार राम्रो भएकाले जिल्लाका अरु ठाउँ र बाहिरबाट समेत सुत्केरी गराउनेहरु यहाँ आउने गर्छन् ।” रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *