नक्कली सुत्केरी बनाएर गाँजाको तस्करी

बीरगञ्ज । पछिल्लो समय आपराधिक गतिविधिमा नयाँ नयाँ शैली प्रयोग हुन थालेको छ । आइतबार प्रहरीले गाँजा सहित पक्राउ गरेकी एक महिलालाई सार्वजनिक गरेको छ । उनले नक्कली सुत्केरी खडा गरेर लुकाएको गाँजा प्रहरीले बरामद गरेको छ ।

प्रहरीले बीरगञ्ज महानगरपालिका २८ बाट २८ किलो गाँजा सहित ४० बर्षीया सावित्रीदेवी सहनीलाई पक्राउ गरेको हो । उनले घरमा गाँजा राखेको जानकारी पाएपछि प्रहरी टोली खानतलासीका लागि पुगेको थियो । तर महिलाले सुरुमा आफ्नो घरमा गाँजा नभएको भन्दै प्रहरीलाई पस्नै दिइनन् ।

प्रहरी टोली हैरान भएपछि स्थानीय जनप्रतिनिधीको रोहबरमा घरमा पसेको थियो । घरभित्र पसेर सर्च गर्दा गाँजा भेटिएन । अन्तमा प्रहरी सुत्केरी महिला राखिएको भनिएको ठाँउमा पुग्यो । तर त्यहाँ सुत्केरी महिला नभएर अर्कै महिला सुत्केरी जस्तै बनेर बसेको रहस्य खुल्यो ।

नक्कली सुत्केरी महिला बसेको ठाँउमा भर्खरै माटोले लिपेको जस्तो देखियो । प्रहरीले सोही ठाँउमा खन्दा प्लास्टिकको बाल्टीमा १८ किलो र प्यासेजको खाल्टोमा लुकाएर राखेको १० किलो गाँजा बरामद गरेको पर्साका प्रहरी उपरीक्षक डा गणेश रेग्मीले बताए ।

  • आजको नयाँ पत्रिकामा समाचार छ ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *