बाढी प्रभावित महोत्तरीका २६ स्थानमा एकैपटक नि:शुल्क स्वास्थ्य शिविर


महोत्तरी ७ भदौ । जिल्लाको छ वटा निर्वाचन क्षेत्रका बाढी अति प्रभावित २६ स्थानमा एकै पटक नि:शुल्क स्वास्थ्य शिविर सुरु भएको छ । महामारी फैलिन नदिन स्वास्थ्य मन्त्रालयको अभियान नाम दिइएको उक्त शिविरमा चिकित्सक तथा प्यारामेडिक्स गरी करीब ४ सय जना स्वास्थ्यकर्मी खटिएका छन् ।

बुधबार विहान ९ देखि बेलुकी ५ बजेसम्म चल्ने शिविरको स्वास्थ्य मन्त्री गिरिराजमणी पोखरेल सितापुर भंगाहा पुगेर उद्घाटन गरेका छन् ।
प्राथमिक उपचार देखि विशेषज्ञ सेवा समेत उपलव्ध हुने गरी हरेक शिविरमा कम्तीमा २ जना विशेषज्ञ चिकित्सकको व्यवस्था गरिएको छ ।

स्वास्थ्य मन्त्रीका प्रेस सल्लाहकार सुनील खड्काका अनुसार शिविरका लागि जिल्लाका सबै स्वास्थ्यकर्मी सहित बाढी कम प्रभावित छिमेकी जिल्लाका स्वास्थ्यकर्मीहरु खटिएका छन् । त्यसबाहेक क्षेत्रीय स्वास्थ्य निर्देशनालय हेटौडा, जनकपुर अञ्चल अस्पताल, विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान तथा बाढी पीडितको उपचारका लागि केन्द्र तथा विभिन्न क्षेत्रबाट पुगेका स्वास्थ्यकर्मीको टोली खटिएका छन् ।

सिविरमा बालरोग,स्त्री तथा प्रसूति, हाडजोनी, संक्रामक छालाजन्य रोगको विशेष उपचार हुँदैछ । त्यस्तै स्वास्थ्यकर्मीको टोलीले बाढी पछि देखिन सक्ने महामारी जन्य रोग र त्यसबाट बच्ने उपायकाबारेमा स्थानीयहरुलाई प्रशिक्षण समेत दिइरहेका छन् ।

सल्लाहकार खड्काले शिविरमा आएकाहरुमा जटिल किसिमको स्वास्थ्य समस्या देखिए थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, जनकपुर अञ्चल अस्पताल, हेटौडा अस्पताल लगायतका स्थानमा रिफर हुने व्यवस्था मिलाइएको र त्यसरी रिफर भएकाहरुको उपचार समेत ती अस्पतालले निशुल्क गरिदिने व्यवस्था गरेको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *