महिला स्वास्थ्य स्वयंसेविकालाई कालाजार तथा गर्भवती जाँच तालिम

kalajar-training1इटहरी, १५ मंसिर अघिल्लो वर्ष पनि सुनसरी जिल्लामा कालाजार सङ्क्रमित देखिएपछि त्यसबाट सर्वसाधारण नागरिकलाई सुरक्षित राख्नका लागि अहिलेदेखि नै त्यसविरुद्ध जनचेतना विस्तारका लागि ग्रामीण महिला स्वयमसेविकालाई दक्षतासम्बन्धी तालिम प्रारम्भ गरिएको छ ।

वीपी कोइराला स्वास्स्थ्य विज्ञान प्रतिष्ठानको सहयोगमा जिल्ला जनस्वास्थ्य कार्यालयले डुम्राहा प्राथमिक स्वास्थ्य कार्यालयमा कालाजारसम्बन्धी ग्रामीण महिला स्वयमसेविकाहरुको एकदिने तालिम मङ्गलबार सम्पन्न गरेको छ ।

अघिल्लो वर्ष यस जिल्लामा १२ जना कालाजार पीडितको उपचार गरिएको र यो वर्ष त्यसबाट सर्वसाधारणलाई जोगाउनका लागि अग्रिम सतर्कता अपनाउन सन्देश दिने उद्देश्यले तालिम आयोजना गरिएको प्रेमकुमार दासले जानकारी दिए ।

गाविसमा परिचालित ३६ जना ग्रामीण स्वयमसेविकालाई कालाजारबाट जोगिने तथा छालामा लाग्ने रोगका प्रकार र त्यसबाट जोगिनका लागि अपनाउनुपर्ने सावधानीका विषयमा स्वयमसेविकालाई सचेत गराई उनीहरु मार्फत गाउँघरमा सचेतना अभियान चलाउनु तालिमको मुख्य उद्देश्य रहेको बताइएको छ । यस प्रकारको तालिम जिल्लाका सवै स्वास्थ्य चौकी प्राथमिक स्वास्थ्य चौकीहरुमा सञ्चालन गरिने कार्यक्रम रहेको बताइएको छ ।

त्यसैगरी, जिल्ला जनस्वास्थ्य कार्यालयको सहयोगमा भोक्राहामा एकदिने गर्भवतीको स्वास्थ्य जाँच तालिम सम्पन्न गरिएको छ । करुणा फाउन्डेसनको सहयोगमा भोक्राहा गाविसमा पोर्टेबल अल्ट्रासाउन्ड मेसिनसमेत उपलब्ध भएपछि भोक्राहा स्वास्थ्य चौकीमा कार्यरत अनमी सुशीला शाहले गर्भवतीको स्वास्थ्य जाँच गर्दै आएकी छन् ।

अपाङ्गता भएका बच्चाको जन्म नहोस् भनेर गर्भवती भएप्छि चारपटक स्वास्थ्य जाँच गर्नका लागि उपकरण सजिलो भएको र महिलाहरुलाई स्वस्थ बच्चा जन्माउनका लागि गर्भवती भएपछि नियमित जाँच गराउनु पर्छ भन्ने विषयमा जानकारी दिन सो तालिम सञ्चालन गरेको अनमी शाहले थप जानकारी दिइन् ।

उनीहरुलाई गर्भवती भएका बेला के कस्ता खानेकुरा खानुपर्छ अनि कति पटक स्वास्थ्य जाँच गराउनु पर्छ भन्ने विषयमा थप प्रशिक्षित गराउन यस प्रकारको तालिम प्रदान गरिँदै आएको हो ।

तालिम सञ्चालनका लागि प्लान नेपालले सहयोग गर्दै आएको त्यहाँको स्वास्थ्य चौकी प्रमुख इसराईल मन्सुरीले जानकारी दिइन्। यस प्रकारको तालिम जिल्लाका अन्य गाविस र नगरपालिकाहरुमा पनि सञ्चालन गरिने कार्यक्रम रहेको प्लान नेपालकी सहजकर्ता खुश्वु रेग्मीले जानकारी दिइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *