नेपालमा ८५ प्रतिशत एचाआइभी सङ्क्रमण असुरक्षित यौन सम्पर्कबाट

aids

काठमाडौँ, १४ मंसिर – नेपालम ८५ प्रतिशत एचआइभी संक्रमण असुरक्षित यौन सम्पर्कबाट हुने गरेको छ । बाँकी संक्रमण सुईको प्रयोग गर्ने लागूऔषद दुव्र्यसनीहरुमा रहेको पाइएको छ ।

विश्व एड्स दिवसको पूर्वसन्ध्यामा राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले आज आयोजना गरेको पत्रकारसम्मलेनमा लागूऔषध दुव्यशनी, यौनकर्मी, पुरुष समलिङ्गी तथा तेस्रोलिङ्गी, रोजगारीका लागि विदेसिने र जेलका कैदीहरु सङ्क्रमणको उच्च जोखिममा रहेको केन्द्रका निर्देशक डा. तरुण पौडेलले बताए ।

उनले प्रत्येक वर्ष नेपालमा एचआइभी एड्सबाट अनुमानित एक हजार तीन सय ३१ नयाँ सङ्क्रमित थपिने र दुई हजार दुई सय ६३ जनाको मृत्यु हुने गरेको जानकारी दिए ।

सन् २०१५ को डिसेम्बर सम्मको तथ्याङ्कअनुसार नेपालमा करिब ३९ हजार तीन सय ९७ जनामा एचआइभी सङ्क्रमण भएको अनुमान छ । तीमध्ये २४ हजार चार सय ४९ पुरुष र १४ हजार नौ सय ४८ महिला सङ्क्रमित छन् भने विश्वमा अहिले करिब तीन करोड ६७ लाख व्यक्ति एचआइभी सङ्क्रमित भएको अनुमान गरिएको छ ।

aids1

गत वर्ष नेपालमा एचआइभी एड्स सङ्क्रमित एक सय सात शिशुको जन्म भएको र उनीहरुको उपचार भइरहेको राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले जनाएको छ । ‘हामी सबैको काम, एचआइभीको रोकथाम’ भन्ने नारासहित नेपालले पनि विश्व एड्स दिवस मनाउन लागेको छ ।

निर्देशक डा पौडेलले एआइभीको सङ्क्रमण दर अझै घटाउँदै लैजाने र एड्सको महामारीलाई अन्त्य गर्ने दिगो विकास लक्ष्य तथा सङ्क्रमणको रोकथाम र उपचारसम्बन्धी कार्यक्रमलाई तीव्रता दिन यो दिवस मनाइने बताए । उक्त दिन राष्ट्रिय सभा गृहमा हुने कार्यक्रमको प्रधानमन्त्री पुष्पकमल दाहालले उद्घाटन गर्ने बताइएको छ ।

केन्द्रले सोही दिन कोटेश्वर, एकान्तकुना, रत्नपार्क, कलङ्की, नयाँ बसपार्क र शिक्षण अस्पताल महाराजगन्जमा एचआइभी परीक्षण स्टल राखिने जनाएको छ ।

यही मङ्सिर १६ गते अर्थात् डिसेम्बर १ मा विश्व एड्स दिवस पर्दछ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *