कपाल बलियो बनाउने घरेलु उपाय

hair

धनियाँ : प्रतिदिन एक गिलास धनियाँको जुस पिउने गर्नाले कपाल झर्ने समस्या कम हुँदै जान्छ । कपालमा धनियाँको जुस लगाएर पनि कपाललाई बलियो र चम्किलो बनाउँन सकिन्छ ।

लसुन : लसुनको पेस्ट बनाएर कपालमा लगाउनाले कपाल झर्न कम हुन्छ र झरेको ठाउँमा कपाल आउन पनि सुरु हुन्छ । कपालमा लसुनको पेस्ट लगाउदा टाउकाको रक्तसञ्चारर तीव्र हुन्छ र कपालको जरा बलियो हुन्छ ।

प्याज : प्याजमा एन्टिसेप्टिक गुण हुन्छ । प्याजको रस कपालमा लगाएर केही मिनेट पछि धुनाले कपाल बलियो र चम्किलो हुन्छ । खोइरो (एलोपेसिया) लागेका मानिसका लागि प्याजको रस कपालमा लगाउनु लभदायक हुन्छ ।

गाजर : गाजरमा बेटा क्यारोटिन प्रशस्त मात्रामा पाइन्छ, जसले गर्दा गाजर खाने मानिसको कपाल बाक्लो र चम्किलो हुन्छ । गाजरमा भिटामिन सी पनि पाइन्छ । जुन कपालको लागि एकदमै उपयुक्त हुन्छ । कपाललाई राम्रो बनाउनको लागि हरेक दिन एक गिलास गाजरको जुस खानु लाभदायी हुन्छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *