सरकार र डा. केसीका प्रतिनिधिबीच शिक्षा मन्त्रालयमा बार्ता हुँदै

education-ministry-nepalकाठमाडौँ, १२ मंसिर – सरकार र प्रा डा गोविन्द केसीका प्रतिनिधीबीच बार्ता हुने भएको छ । शिक्षामन्त्रालयमा केही बेरमा सुरु हुने बार्तामा सरकारको तर्फबाट शिक्षा सचिव शान्तबहादुर श्रेष्ठले नेतृत्व गर्नेछन् । डा केसीका तर्फबाट भने प्राडा वाईपी सिंहले नेतृत्व गर्नेछन् ।

सरकारले हिजो मात्रै शिक्षासचिव श्रेष्ठको नेतृत्वमा दुई सदस्य बार्ता टोली गठन गरेको थियो । सो टोलीका सदस्यमा स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेती रहेका छन् । उता डा केसीका तर्फबाट प्राडा सिंहको नेतृत्वमा डा जीवन क्षेत्री, डा रन्जन सापकोटा, डा लिजन महर्जन र डा सागर पोखरेल बार्तामा सहभागी हुनेछन् ।

नेपाली हेल्थसंग कुरा गर्दै स्वास्थ्य सचिव श्रेष्ठले बार्ता केही बेरमा सुरु हुने बताए । ‘साढे ११ बजेबाट सुरु हुन्छ होला । हामी प्रतिक्षामा छौँ । उहाँहरु( डाक्टर केसीका प्रतिनिधि) आउदै हुनुहुन्छ होला ।’

यता डा. केसीका प्रतिनिधि डा. लिजन महर्जनले केही बेरमा बार्ताका लागि शिक्षा मन्त्रालय जाने बताए । ‘हिजो हाम्रा साथीहरु पक्राउ परेपछि बार्ताको बाताबरण भाडिएको थियो । तर आज विहानै सहायक सिडियो र एसएसपी आएर माफि माग्नु भएको छ । अनसन बसेका साथीहरुको अनसन तोडिदैछ । त्यसैले केही छिन पछि बार्ता सुरु होला’ डा महर्जनले भने ।

उनले रिहा भएपछि एउटा समूह त्रिवि उपकुलपतिको कार्यालय घेराउमा जाने समेत बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *