अनुगमन नभ्याउँदासम्म क्लिनिकहरुको दर्ता तथा नविकरण प्रक्रिया बन्द

mohp1 copy

काठमाडौँ , १० मंसिर – स्वास्थ्य मन्त्रालयले अनुगमन हुनु अघि दर्ता प्रक्रियामा गएका बाहेकका स्वास्थ्य संस्थाको तत्कालका लागि दर्ता निवेदन नलिने र सञ्चालन गर्न समेत नदिने निर्णय गरेको छ ।

मन्त्रालयले अनुगमन सुरु गरेपछि कारबाहीबाट बच्न दर्ता तथा नविकरण नगरी बर्षौै देखि सञ्चालनमा रहेका क्लिनिक सञ्चालकले रातारात दर्ताका निवेदन पेश गर्न थालेपछि मन्त्रालयले यस्तो निर्णय गरको हो ।

‘माननीय मन्त्रीस्तरीय निर्णयबाट ७ मंसिरमै यो निर्णय भएको छ,’ मन्त्रालयका शाखा अधिकृत कृष्णप्रसाद सुवेदीले भने, ‘अनुगमन भन्दा अघि दर्ता प्रक्रियामा गएका बाहेक अरुलाई दर्ता प्रक्रियामा छिर्न रोकिएको छ । त्यस्ता क्लिनिकले सञ्चालन समेत गर्न पाउदैनन् ।’

स्वास्थ्य मन्त्री गगन थापाको निर्देशनमा मन्त्रालय, स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौँ र ललितपुरका टोलीले गरेको गत साता गरेको अनुगमनका क्रममा तीन दर्जन बढी क्लिनिकमा ताला लगाएको थियो ।

सो क्रममा केही प्रभावशाली व्यक्तिको समेत क्लिनिक परेपछि रातारात दर्ता प्रक्रिया अघि बढाउन थालेका थिए ।

anugaman

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com