मानम अंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि ‘ओपनहार्ट सर्जरी’ सेवा सुरु

human organ trancplant centre

काठमाडौँ, ८ मंसिर – मानवअंग प्रत्यारोपण केन्द्र भक्तपुरमा पनि ओपनहार्ट सर्जरी सेवा सुरु भएको छ । यसअघि सम्म यो अस्पताल अस्पताल मिर्गौला रोगको उपचार, डायलासिस तथा मिर्गौला प्रत्यारोपण केन्द्रको रुपमा चर्चित थियो ।

केन्द्रले बुधबार आज पत्रकार सम्मेलन गरी गत बिहीबार चैनपुर संखुवासभाकी ५९ बर्षीया महिलाको मुटुको रक्तनलीको बाइपास अप्रेसन सफलता पूर्वक सम्पन्न गरेको जनाएको छ । अप्रेसन गरेकी महिला भोली नै डिस्जार्च हुने बताइएको छ ।

केन्द्रले ओपन हार्ट सर्जरीका लागि बरिष्ठ मुटुशल्य चिकित्सक डा. मोहन देव भण्डारी, डा. सम्पूर्ण मान तुलाधर, डा. प्रेमराज बैद्य, मुटुरोग विशेषज्ञहरु डा. कार्तिकेश कुमार ठाकुर, एनेस्थेसियोलोजिष्ट डा. सन्दीप भण्डारी लगायतको टोली खटिएको जनाएको छ । त्यस्तै नर्स तथा अन्य प्यारामेडिक्सहरुको निरन्तर सहयोगले मुटुको पहिलो अप्रेसन सफल भएको जनाएको छ ।

केन्द्रका निर्देशक डा. पुकारचन्द्र श्रेष्ठले मिर्गौला पछि मुटु उपचारमा हात हालेको भन्दै केन्द्र मुटुको उपचारमा समेत सफल हुने दावी गरे । अहिले सरकारी अस्पतालमा शहीद गंगालाल र मनमोहन कार्डियोथोरासिक पछि ओपन हार्ट सर्जरी हुने मानवअंग प्रत्यारोपण केन्द्र रहेको दावी गरे । ‘पहिले बीर अस्पतालमा पनि प्रयास भएको हो तर सफल भएन भन्ने सुनिएको छ,’ उनले भने ।

केन्द्रमा अहिले मुटु तर्फ इसीजी, इकोकार्डियोग्राफी, हल्टर, टीएमटी, साथै नेपालमा दुर्लभ इन्ट्रा एरोटिक बेलुन पम्प, टीइजी, टीइइ सेवा समेत उपलव्ध भएको बताइएको छ । त्यस्तै कोरोनरी बाइपास, मुटुको भल्भ फेर्ने , मुटुको प्वाल टाल्ने, रक्तनली फुलेको, मुटुको जन्मजात रोग आदिको उपचार पनि सरल मुल्यमा सुरु भएको जनाएको छ ।

केन्द्रका निर्देशक डा पुकार चन्द्र श्रेष्ठले निकट भविस्यमै अत्याधुनिक क्याथल्याव सेवा समेत सञ्चालन हुने र मुटु रोगीहरुको सम्पूर्ण उपचार तथा अनुसन्धान उपलव्ध हुने बताए । त्यस्तै उनले केन्द्रबाट मस्तिस्क मृत्युबाट हुने प्रत्यारोपण तथा कलेजोको पनि प्रत्यारोपण गर्ने तयारी गरेको बताए ।

हाल केन्द्रमा बर्षमा एक सय जना भन्दा बढीको मिर्गौला प्रत्यारोपण तथा सातामा ४ सय बढीको मिर्गौला डायलासिस हुने गरेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *