भैँसीले कुल्चिएर खुट्टा भाँचिएका चार बर्षीय बालकको उपचार खर्च जुट्यो

paisa

जाजरकोट, ८ मङ्सिर – गत कात्तिक ८ गते भैँसीले कुल्चिएपछि खुट्टा भाँचिएका चार वर्षीय बालक सबिन केसीलाई उपचारका साथै पढाइ खर्च जुटेको छ ।

आमा दोस्रो बिहे गरेर गएकी र बाबुको मृत्यु भएका सक्ला–१ लैखम घर भई खगेनकोट–९ मङ्सिरीमा मावलीघरमा बस्दै आएका सबिनको विभिन्न सामाजिक सञ्जाल तथा सञ्चारमाध्यममा समाचार आएपछि उपचारका लागि रकम जुटेको हो ।

सबिनको कहालिलाग्दो अवस्थाको समाचार पढेपछि हाल वैदेशिक रोजगारीमा रहेका डाँडागाउँ–७ चाउलेचौरका लक्ष्मण रसाइलीले विभिन्न माध्यमबाट सङ्कलन गरी कतारबाट रु ३१ हजार रुपैयाँ उपलब्ध गराएका छन् ।

त्यस्तै, गोर्खाकी सरिता गुरुङले विभिन्न ठाउँबाट सङ्कलन गरी रु एक लाख ४७ हजार रुपैयाँ हस्तान्तरण गरेकी छन् । सबिनको उपचार कार्य सम्पन्न गरी सिटिजन्स बैंकमा खाता खोली बाँकी रकम भावी दिनमा पढ्नका लागि राखिएको छ । आफैँ गरिब भई वैदेशिक रोजगारीमा रहेका रसाइलीले बाँकी रकम नेपाल आएर घरमै गई सबिनलाई हस्तान्तरण गर्ने बताएका छन् ।

यसरी जनसाधारणले रकम ठाउँठाउँबाट जुटाएर उपचार खर्च उपलब्ध गराउँदासम्म पनि राज्य भने कानमा तेल हालेर बसेको छ । रसाइलीले योभन्दा अगाडि रोल्पालगायत देशका विभिन्न ठाउँका २० जनाभन्दा बढी अलपत्र परेका युवालाई नेपाल फर्काउन रकम जुटाएर सहयोग गर्दै आएका छन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *