स्वास्थ्य संस्थामा १०-५ ‘ड्युटि आवर’ लगाउने सरकारी निर्णयप्रति सरकारी चिकित्सक संघको आपत्ती

godan

काठमाडौँ, ७ मंसिर –  सरकारी चिकित्सकहरुले सरकारले घोषणा गरेको १० ५ को डिउटी आवर यथास्थितिमा लागू हुन नसक्ने बताएको छ । सोमबार विज्ञप्ती जारी गर्दै संघले स्वास्थ्य मन्त्रालयको १० ५ डिउटी गर्नुपर्ने निर्देशन श्रम ऐनसंग बाझ्ने भन्दै लागू हुन नसक्ने बताएको हो ।
यद्धपी संघले चिकित्सकहरुलाई थप सुविधा तथा भत्ताको व्यवस्था गरेमा लागू हुनसक्ने संकेत गरेको छ ।

महासचिव डा. विष्णुरथ गिरीद्धारा जारी विज्ञप्तीमा भनिएको छ, ‘हाल ९-२ र एक दिन २४ घण्टा अनकल ड्युटी गरी सरकारी अस्पतालमा कार्यरत चिकित्सकहरुले सातामा कम्तीमा ४९ घण्टा काम गरेका छन् । विहान र साँझको वार्ड राउण्ड समेत जोड्दा यो अझै बढी हुन्छ । उपत्यका बाहिरका र दुर्गमका जिल्लाहरुमा महिनौँसम्म एक जना मात्र चिकित्सकको भरमा चल्नुपर्ने अस्पतालहरुमो चिकित्सकको सेवा अवधी कति घण्टा हुन्छ भनि हिसा वगर्न सकिदैन ।’  तर श्रम ऐनले भने कसैलाई पनि साप्ताहिक रुपमा ४८ घण्टा भन्दा बढी काम लगाउन नपाइने व्यवस्था गरेको छ ।

गोडानले भनेको छ,  ‘सरकारी सेवामा करिब १२ सय चिकित्सक कार्यरत रहेको अवस्था छ । २०४० सालको यो दरबन्दी संरचनामा एक दुई अपवात बाहेक कुनै परिवर्तन भएको छैन । अत १२ सय चिकित्सकबाट सुख्खा तलवको भरमा हरबखत पाँच तारे सेवा उपलव्ध गराउने कुरा हावा गफको श्रृखलामा थप अर्को टुक्रा सिबाय अरु केही हुन सक्दैन् ‘

विज्ञप्तीमा राजश्व र उपराष्ट्रपति कार्यालयलाई आचरण सुधार्न भनेर सत प्रतिशत प्रोत्साहन भत्ताको व्यवस्था भएको तर जनताको स्वास्थ्यमा निरन्तर खटिने चिकित्सकको हकमा त्यस्तो सुविधा लागू नगरिएको भन्दै आपत्ती जनाइएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *