विशेषज्ञ डाक्टर अभाव : १५० जना डाक्टर खोज्दा १२७ को दरखास्त

काठमाडौँ, ६ मंसिर –  स्वास्थ्य मन्त्रालयले रिक्त रहेका अस्पतालका लागि तत्काल करार सेवामा पदपूर्ति गर्न भन्दै निकालेको सूचना अनुसार नवौँ तहका डाक्टर फेला पारेको छैन् ।

मन्त्रालयले गत १८ कात्तिकमा पन्ध्र दिनको म्याद राखी विभिन्न समूहका डाक्टरलाई १५० सिटमा दरखास्त दिन सूचना निकालेको थियो । तर शुक्रबार सो म्याद सकिँदाम्म १२७ जनाले मात्रै दरखास्त दिएका छन् । अझ कतिपय समूहमा एउटा पनि दरखास्त परेको छैन् । दरखास्त परेका अधिकांश समूहमा माग अनुसार परेको छैन् ।

मन्त्रालयका उपसचिव बाबुराम खनालले निवेदन कम परेका समूहमा अन्तरबार्ताको अघिल्लो दिनसम्म दरखास्त लिने निर्णय गरेको बताए । मन्त्रालयले मंगलबार देखि अन्तरबार्ता लिदैछ ।

हेरौँ कुन समूहमा कति दरखास्त परे  ?

bisesagye-doctor-copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *