शहिद गंगालाल अस्पतालको फार्मेसीले महिनामै कमाउछ ६७ लाख !

gangalal

काठमाडौँ, ३ मंसिर – अस्पतालको फार्मेसीले खर्च कटाएर महिनामा कति कमाउला ? २ लाख, ५ लाख वा १० लाख ? यदि यस्तो सोच्नु भएको छ भने तपाईँको अनुमान निक्कै थोरै हुन आउँछ । बाँसबारीस्थित शहिद गंगालाल राष्ट्रिय हृदयरोग केन्द्रको फार्मेसीले मासिक औषत ६७ लाख रुपैयाँ नाफा गर्छ ।

स्वास्थ्य मन्त्रालयद्धारा आयोजित राष्ट्रिय समिक्षा गोष्ठीमा केन्द्रका कार्यकारी निर्देशक डा. ज्योतेन्द्र शर्माले फार्मेसीबाट अस्पतालले बार्षिक ८ करोड ( मासिक लगभग ६७ लाख)रुपैयाँ खुद नाफा ( खर्च कटाएर) गर्ने गरेको बताए ।

‘हाम्रो फार्मेसीबाट गत आर्थिक बर्षमा ३८ करोड ८० लाख बढीको ट्रान्ज्याक्सन भएको थियो । त्यसबाट हामीले करीब आठ करोड नेट प्रोफिट गरयौँ ,’ डा. शर्माले भने ।

स्थापनाकाल देखिनै आफ्नै फार्मेसी सञ्चालन गरेको केन्द्रको मुख्य आम्दानी फार्मेसी रहेको उनले बताए । ‘हामीले तलव भत्ता धारा बिजुली,ि पानी लगायतका सबै खर्चहरु आफ्नै आम्दानीबाट गर्नुपर्छ । यो आम्दानीले सो कार्यका लागि सहयोग पुरयाउछ,  डा. शर्माले अगाडी थपे, ‘तर यसले अस्पतालको आम्दानीसंगै बिरामी र तिनका आफन्तको औषधिमा हुनसक्ने खर्चमा समेत निक्कै कमी आएको छ ।’उनले अस्पताललको फार्मेसीमा बाहिर भन्दा निक्कै सस्तो मुल्यमा औषधि पाइने भएकोले बिरामीलाई निक्कै राहत हुने बताए ।

सरकारले सबै सरकारी अस्पताललाई अनिवार्य रुपमा आफ्नै फार्मेसी राख्न पटक पटक निर्देशन दिएको छ । तर अझै पनि केही अस्पतालले आनाकानी गर्दै आएका छन् । ‘फार्मेसीले कहिल्यै पनि अस्पताललाई बोझ पार्दैन बरु अस्पतालको आर्थिक बोझ हल्का गराउन मद्धत पुग्छ,’ डा. शर्माले आफ्नो अनुभव सुनाए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *