चार दिनको अनुगमनमा ३० वटामा स्वास्थ्य संस्थामा लाग्यो ताला

anugaman

काठमाडौं, ३ मंसिर –  स्वास्थ्य मन्त्रालयको नेतृत्वमा विगत चार दिन देखि परिचालित संयुक्त अनुगमन टोलीले काठमाडौँ र ललितपुरका ३० वटा अवैध क्लिनिकमा सिल गरेको छ । टोलीले बिहीबार मात्रै १० वटा क्लिनिकमा तालाबन्दी गरेको छ । यसअघि बुधबारसम्म २० वटामा लागिसकेको थियो ।

मन्त्रालय अनुगमन तथा मुल्यांकन महाशाखाका उपसचिव भवनाथ कोईरालाको नेतृत्वमा बिहीबार ललितपुरमा खटिएको टोलीले ७ वटा र व्यवस्थापन महाशाखाका उपस्वास्थ्य प्रशासक डा रामराज पन्थीको नेतृत्वमा काठमाडाँैमा खटिएको टोलीले ३ वटामा सिल गरेको हो ।

उपसचिव कोइरालाका अनुसार ललितपुरमा सिल गरिएका क्लिनिकहरुमा मानभवनमा रहेको रोयल आयुर्वेद प्रालि, बञ्जारा आयुर्वेद क्लिनीक एण्ड फर्मा, शास्वत आयुर्वेद, आयुष्या पञ्चकर्मा हेल्थ होम एण्ड रिसर्च सेण्टर, कुमारीपाटीमा रहेको स्माईल प्लस डेण्टल केयर, बेटर स्माईल द डेण्टल केयर र एलाईट डेण्टल हस्पिटल रहेका छन् । कुल ११ ओटामा अनुगमन गरिएकोमा अरु तीन वटालाई २४ घण्टे अल्टीमेटम सहितको पुर्जी दिइएको कोइरालाले बताए ।

यता काठमाडाँैको गोगंबु क्षेत्रमा कुल १८ वटामा गरिएको अनुगमन मध्ये तीन वटामा सिलबन्दी गरिएको छ । सिलबन्दी हुनेहरुमा अल स्माईल डेण्टल होम, एलाईट स्वास्थ्य क्लिनीक र अकुप्रेसर हेल्थ केयर रहेका छन् ।

दुवै टोलीले अनुगमनका क्रममा क्लिनीक तथा फार्मेसीहरुको दर्ता कागजपत्र ठिक अवस्थामा रहेको वा नरहेको बारेमा अनुगमन गरेको थियो ।

मन्त्रालयलाई संम्वन्धित जिल्ला जनस्वास्थ्य कार्यालयहरुबाट प्राप्त विवरणहरुका आधारमा काठमाडौमा ४१५ वटा, ललितपुरमा १७१ वटा र भक्तपुरमा २१ वटा अस्पताल, क्लिनिक र पोलिक्लिनीक दर्ता भएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *