गगन थापा भन्छन्, ‘बरिष्ठताको आधारमा डीन नियुक्त गर्नुपर्ने डा. केसीको मागमा मेरो समर्थन छैन्’

gagan-thapa1काठमाडौँ, २ मंसिर – स्वास्थ्यमन्त्री गगन थापाले डा. गोविन्द केसीले उठाएको बरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने मागमा आफ्नो समर्थन नभएको बताएका छन् । उनले योग्यता, कार्यक्षमता र दक्षताका आधारमा जो सुकै डीन बन्न सक्ने बताएका छन् ।

यसअघि थापाले डा. केसीले उठाउदै आएका बरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने मागमा समर्थन गर्दै आएका थिए । बिहीबार स्वास्थ्य पत्रकार मञ्चका प्रतितिधिसंगको भेटघाटमा मन्त्री थापाले डा. केसीले उठाउदै आएका शुल्क लगायतका अन्य सबै मागमा आफ्नो समर्थन रहेको तर बरिष्ठताको आधारमा डीन नियुक्त हुनुपर्ने भन्ने मागमा आफ्नो समर्थन नरहेको बताए ।

‘स्वास्थ्य मन्त्रालय मातहतका निकायमा मैले गरेका नियुक्तिमा बरिष्ठता भन्दा पनि योग्यता पुगेका र दक्षता भएकालाई प्राथमिकता दिएको छु । मै आफै पनि बरिष्ठता खोज्ने हो भने मन्त्री हुने अवस्थामा पुगेको थिइन । त्यसैले बरिष्ठता मात्रै भन्ने चाँही हुँदैन्’ थापाले भने ।

उनले बीर अस्पतालको निर्देशकको नियुक्तिका लागि सिनियरले आग्रह गरेपनि कार्ययोजना प्रतिवद्धता राम्रो पेश गरेकोले योग्यता पुगेको जुनियरलाई निर्देशक बनाएको बताए ।

‘बरिष्ठतालाई मात्रै हेर्ने हो भने मै आफै पनि मन्त्री हुने अवस्थामा पुगेको छैन । तर योग्यता र क्षमताको आधारमा हुने हो ,’ उनले भने ।
मन्त्रालयले बीर अस्पतालमा नवौँ तहका प्राडा भुपेन्द्रकुमार बस्नेतलाई निर्देशक बनाएको छ । तर प्राडा बस्नेतले नियुक्ति पाएको केही समयमा नै अस्पताल सुधारका संकेतहरु देखाईसकेका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “गगन थापा भन्छन्, ‘बरिष्ठताको आधारमा डीन नियुक्त गर्नुपर्ने डा. केसीको मागमा मेरो समर्थन छैन्’

  1. त्यसो नभन्ने हो भने आफ्नो चाकरिबाज टट्टुलाई राख्नै मिल्दैन । अप्ठ्यारो परिस्थिति आऊदा अनुपस्थित भै लम्मपसार परि म नभएकाले यस्तो निर्णय भयों भन्ने बाहानाबाजि गर्न पाईनेभयो ,जनताको ऑखामा छारो हाल्न पाईयो ,के गर्ने जनतालाई बेबकुफ बनाऊनै पर्यो ,होईन र मंत्रि ज्यूँ ???

Leave a Reply

Your email address will not be published. Required fields are marked *