आइओएममा रिक्त सहायक डीन र क्याम्पस प्रमुखको नियुक्तीको तयारी

deen-office-copy

काठमाडौँ, ३० कात्तिक – डीन नियुक्त भएसंगै त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थान आइओएममा सहायक डीन तथा क्याम्पस प्रमुख नियुक्तिको चर्चा सुरु भएको छ ।

डिन प्राडा केपी सिंहले केही दिन अघि मात्रै अवधी सकिएर रिक्त भएका ती पदमा को को लाई नियुक्ति गर्ने भन्ने बारेमा छलफल चलाएका छन् । सो छलफलमा रिक्त भएका परीक्षा, नीति योजना, प्रशासन, शैक्षिक महाशाखाका सहायक डीन र क्याम्पस प्रमुख पदमा प्रजातान्त्रिक र प्रगतीशील समूहबाट मिलाएर छान्ने सहमती भएको छ ।

स्रोतका अनुसार परीक्षा र नीति योजना हेर्ने सहायक डीन प्रजातान्त्रिक समूहले पाउने भएको छ । त्यस्तै प्रशासन, शैक्षिक र क्याम्पस प्रमुखमा प्रगतिशील समूहलाई दिने सहमती भएको छ ।

यसअघि नै प्रजातान्त्रिक समूहबाट डीन नियुक्त भएकोले बाँकी पदमा बाडफाँड गरिएको हो । दावी धेरैजनाको छ को कोलाई दिने भन्ने सहमति भैसकेको छैन् । आइओएमका एक अधिकारीले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *