राप्ती उपक्षेत्रीय अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाइने

rapti hospital

दाङ, २७ कात्तिक –  उपप्रधानमन्त्री कृष्णबहादुर महराले दलीय सहमतिका आधारमा संविधान संशोधन गरिने बताएका छन् ।

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले संविधान संशोधनका लागि सत्तापक्ष र प्रतिपक्षका नेताबीच छलफल चलिरहेको र यो अन्तिम चरणमा पुगेको जानकारी दिए । अर्थमन्त्री महराले दलका नेतासँग छलफल गरेर पूरक बजेट ल्याइने जानकारी पनि दिए ।

उनले प्रदेश नं ५ को राजधानी दाङ हुने बताउँदै जिल्लाको विकासका लागि भालुबाङ, घोराही, तुलसीपुर हुँदै हापुरेसम्मको सडक, तलसीपुर–सुर्खेत सडकखण्ड, रोल्पा होलेरी, नारायणपुर हुँदै रिहारसम्मको सडक निर्माण तथा त्यहाँको हालको विमानस्थल सञ्चालन र अन्तर्राष्ट्रियस्तरको विमानस्थल निर्माण अगाडि बढाउनुपर्ने बताए ।

राप्ती उपक्षेत्रीय अस्पताल प्रशासन कार्यालयले आयोजना गरेको अर्को कार्यक्रममा उपप्रधानमन्त्री महराले सो अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठान बनाउनका लागि सहयोग गरिने आश्वासन दिए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *