त्रिवि आइओएममा रिक्त डिन भोलीसम्म नियुक्त हुनुपर्छ : डा. गोविन्द केसी

dr-gobinda-kcकाठमाडौँ, २४ कात्तिक – त्रिवि शिक्षण अस्पतालका डा गोविन्द केसीले त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा रिक्त रहेको डीन भोली अर्थात २५ कात्तिक भित्र नियुक्त हुनुपर्ने माग गरेका छन् । उनले अन्य मागहरु पुरा गर्न भने दुई साताको समय दिएका छन् ।

बुधबार विज्ञप्ती जारी गर्दै उनले दुई सम्म आफ्ना माग पुरा नभए दशौँ अनसन सुरु गर्ने चेतावनी दिएका छन् । उनका अन्यमागमा एमबीबीएस र बीडीएसको शुल्क, मेडिकल कलेज सम्वन्धन, चिकित्सा शिक्षा ऐन संसोधन सहित पारित हुनुपर्ने लगायतका छन् । त्यस्तै लोकमान सिंह कार्की र जयराम गिरीका दोशीलाई कारबाही गर्न समेत उनले माग गरेका छन् ।

डा. केसीले यसअघिको नवौ अनसन दशैँ लागेको भन्दै आफै स्थगित गरेका थिए ।

डा. केसीका मागहरु यस्ता छन् :

१) वरिष्ठताका आधारमा तत्काल आइओएममा डिन नियुक्त गरियोस्, साथै नियुक्तिमा चलखेल गर्ने त्रिवि उपकुलपति तीर्थ खनियाँलाई बर्खास्त गरियोस् ।
२) एमबीबीएस र बीडीएस कार्यक्रमको शुल्क अघिल्लो साल कार्यान्वयनमा आए झैं (एमबीबीएसः उपत्यकाभित्र ३५ लाख, उपत्यकाबाहिर ३८.५ लाख, बीडीएसः २० लाख) यो वर्ष पनि कायम गर्न तत्काल विश्वविद्यालयहरुलाई निर्देशन दिइयोस् ।
३) चिकित्सा शिक्षा ऐन नआउँदै बिस्तारित कार्यक्रम वा अन्य कुनै वहानामा नयाँ मेडिकल कलेजलाई सम्बन्धन नदिइयोस् ।
४) संसदबाट चिकित्सा शिक्षा ऐन पारित गर्दा हामीले सुझाएका संशोधनहरु समेटेर तथा माथेमा प्रतिवेदन र विगतका सम्झौताहरु अनुकूल हुने गरी पारित गरियोस् ।
५) अदुअआ प्रमुख लोकमान सिंह कार्कीमाथि महाभियोग प्रक्रिया निस्कर्षमा पुर्याएर उनलाई जवाफदेही बनाइयोस्  तथा मेडिकल शिक्षामा अझै बढ़ी अनियमिततामा संलग्न आयुक्त राजनारायण पाठकमाथि समेत तत्काल छानविन अघि बढाइयोस् ।
६) जयराम गिरी समितिले दोषी ठहर्याएका आइओएमका पूर्व पदाधिकारीलाई तत्काल कारवाही गरियोस् । मेडिकल शिक्षामा भएका अनियमिततामाथि छानविन गर्न न्याययिक जाँचबुझ आयोग पुनः गठन गरेर त्यसको कार्यक्षेत्रमा निम्न कुरा थपियोस्: विभिन्न विश्वविद्यालय र प्रतिष्ठानमा परीक्षाका क्रममा भएका धाँधली एवम् अनियमितता, बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरुले गरेका अनियमितता समेत ।
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *