कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर !

sujata-koirala

काठमाडौँ, २० कात्तिक – कांग्रेस नेतृ सुजाता कोइरालालाई स्तन क्यान्सर भएको छ । पारिबारिक स्रोतका अनुसार केही समय अघि मलेसिया भ्रमणका क्रममा अस्वस्थ भई उपचारका लागि स्थानीय अस्पताल पुरयाउदा उनलाई स्तन क्यान्सर भएको पत्ता लागेको थियो । कोइराला एक साता अघि नेपाल फर्किसकेकी छन् ।

अहिले उनी मण्डिखाटारस्थित आफ्नै निवासमा स्वास्थ्यलाभ गरिरहेकी छन् । परिबारका एक सदस्यका अनुसार कोइरालालाई एक सातापछि देखिनै केमो दिन सुरु गरिनेछ । त्यसका लागि सिंगापुर जाने तयारी भइरहेको छ । केमो थेरापीको ६ कोर्ष पुरा गरेपछि मात्रै अवस्थाको बारेमा एकीन जानकारी हुने ती सदस्यले बताए ।

यसअघि कोइरालाले उपचार खर्च जुगाड गरिदिन पार्टी सभापति शेरबहादुर देउवालाई आग्रह गरेकी थिइन् । तर कति सहयोग गर्ने भन्ने एकिन भएको छैन् ।

स्वास्थ्य मन्त्री गगन थापाले उपचार खर्चबारे आफूलाई थाह नभएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *