२१ वटा कलेजले पाए एमबीबीएस र बीडीएस अध्यापनका लागि नयाँ सिट (सूची सहित)

काठमाडौँ, २० कात्तिक – नेपाल मेडिकल काउन्सिलले चालु शैक्षिक सत्रका लागि मेडिकल कलेजहरूको एमबिबिएस र बिडिएस (डेन्टलतर्फ)को सिट संख्या निर्धारण गरेको छ । काउन्सिलको बिहीबार र शुक्रबार बसेको बैठकले सिट संख्या तोक्ने निर्णय गरेको हो ।

नयाँ निर्णय अनुसार एमबीबीएसमा अधिकतम ११५ सीट र बीडीएसमा अधिकतम ५० सीट तोकिएको छ । माथेमा आयोगको प्रतिवेदन अनुसार सीटको अधिकतम संख्या निर्धारण गरिएको हो ।गतवर्ष अधिकतम पाउनेले एमबीबीएसमा १३५ र बीडीएसमा ६० पाएका थिए । 

भर्नाको सिजन सुरु भईसक्दा समेत काउन्सिलबाट कुनै निर्णय नआएको भन्दै कतिपय कलेजले दशै अघि देखिनै भर्ना लिएका थिए । तर काउन्सिलले पत्र पठाई भर्ना रोकेको थियो । तर सीट निर्धारण गरेसंगै काउन्सिलले शनिबार सूचना प्रकाशित गरि मेरिटका आधारमा भर्ना लिन कलेजहरुलाई निर्देशन दिएको छ ।

कुन कलेजलाई कति सिट ?

medical-seet-copy

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

One thought on “२१ वटा कलेजले पाए एमबीबीएस र बीडीएस अध्यापनका लागि नयाँ सिट (सूची सहित)

  1. NMC le bds ko seat ko sankhya ta nikalyo but rate kati tokyo khai college haru le manpari rate liraheko xa bds ko lagi 2250000 demand garirahe ko xa peoples college le sambandhit nikay ko chaso khai

Leave a Reply

Your email address will not be published. Required fields are marked *