डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै, सत्तरी विरामी

 

dangue
बाँके, १६ कात्तिक – नेपालगञ्जमा डेङ्गु र स्क्रब्स टाइफस रोगको सङ्क्रमण बढ्दै गएको पाइएको छ ।

नेपालगञ्जस्थित भेरी अञ्चल अस्पताल र नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पतालमा ७० जनाभन्दा बढी स्क्रब्स टाइफस र डेङ्गुका बिरामी उपचारका लागि आएको अस्पतालले जनाएको छ ।

नेपालगञ्ज शिक्षण अस्पतालमा सबैभन्दा बढी डेङ्गु र स्क्रब्स टाइफस रोगका बिरामी आएका हुन् । अस्पतालका निर्देशक डा.एम किदवाईका अनुसार हालसम्म अस्पतालमा पुगेका बिरामीमध्ये ५० जनामा स्क्रब्स टाइफस रोग र आठ जनामा डेङ्गु भेटिएको छ ।

 

तीमध्ये अधिकांशलाई उपचार गरेर घर पठाइसकिएको, केहीलाई भारतको लखनउ र काठमाडौँ पठाउन सिफारिस गरिएको तथा अझैं केहीको उपचार भइरहेको निर्देशक डा। किदवाईले जानकारी दिए ।

डेङ्गु र स्क्रब्स टाइफस रोग लागेर अस्पतालमा भर्ना भएका बिरामीमध्ये अधिकांश बर्दिया जिल्लाबाट आएका छन् भने बाँकी कैलाली, सुर्खेत, दाङ, रुकुम, सल्यान र बाँकेका बिरामी रहेको अस्पताल प्रशासनले जनाएको छ ।

भेरी अञ्चल अस्पतालमा पनि डेङ्गुका दुई जना र स्क्रब्स टाइफस रोगका १० जना बिरामी आएको अस्पतालले जनाएको छ ।

भेरी अञ्चल अस्पतालका प्रमुख डा। श्यामसुन्दर यादवका अनुसार एक जना नेपालगञ्जका र एक जना दाङका बिरामीमा डेङ्गु देखिएकोमा उनीहरुको उपचार भइरहेको तथा स्क्रब्स टाइफस रोगका १० भन्दा बढी बिरामी भर्ना रहेको बताए ।

उहाँका अनुसार डेङ्गुु परीक्षणका लागि किटको अभाव भएकाले मन्त्रालय र विभागमा माग गरिएको जनाउँदै डेङ्गुु बढ्ने सङ्केत देखिएकाले समयमै सबै सचेत हुनुपर्ने सुझाव दिइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *