विषाक्त मदिरा सेवनबाट एघारको मृत्यु

madira

इस्लामाबाद, १३ कात्तिक – पाकिस्तानको मध्ये प्रान्त पञ्जावको झेलुम जिल्लामा विषाक्त मदिरा सेवनबाट कम्तीमा ११ व्यक्तिको मृत्यु भएको समाचार छ ।

क्रिश्चियन समूदायको बलियो पकड रहेको यस स्थानमा शुक्रबार भएको एक पार्टीमा सो घटना भएको थियो ।

पाकिस्तानको राजधानी इस्लामाबादबाट करिब १२६ किलोमिटर पूर्वमा अवस्थित यस जिल्लामा शुक्रबार राति एक पार्टीमा मदिरा सेवन गरेका तीन व्यक्ति सख्त विरामी भएका र उनीहरु अस्पतालमा उपचार भइरहेको भएतापनि स्थिति भने गम्भीर रहेको अस्पताल स्रोतले जानकारी दिएको छ ।

विषाक्त मदिरा सेवनबाट मृत्यु भएका ११ व्यक्तिको शवलाई उनीहरुका आफन्तलाई बुझाइएको र अन्य तीन जनाको अवस्था अझै चिन्ताजनक भएको झेलुृम प्रान्तका वरिष्ठ प्रहरी अधिकारी आसिफ नवाजले एएफपी समाचार समितिलाई बताएका छन्

नवाजका अनुसार क्रिश्चिन समूदायका नै युवकहरु यस घटनाको शिकार भएका छन् । रासस/एएफपी

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *