स्वास्थ्यमा सरुवा : आयुर्वेद विभागको महानिर्देशकमा डा. बासुदेव उपाध्याय

basudev-upadhyae

काठमाडौँ, १० कात्तिक – आयुर्वेद विभागको महानिर्देशकको जिम्मेबारी डा बासुदेव उपाध्यायले पाएका छन् । मंगलबारको मन्त्रीस्तरीय निर्णय मार्फत ११ औँ तहका डा उपाध्यायलाई सो जिम्मेबारी दिइएको हो । डा उपाध्यायले बिहीबारबाटै विभागको कार्यभार सम्हाल्ने बताएका छन् ।

यसअघि पूर्वमन्त्री रामजनम चौधरीले दशौँ तहका डा टेकराज पन्थीलाई निमित्त महानिर्देशकको जिम्मेबारी दिइएका थिए । स्वास्थ्य मन्त्रालयले पन्थीको दरवन्दी विभागमै भएकोले जिम्मेबारी मात्रै हेरफेर गरिएको जनाएको छ ।

मन्त्रालयका उपसचिव बाबुराम खनालले भने डा पन्थीको दरवन्दी विभागमै भएकोले संस्था परिवर्तन नभएको बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *