बीमा लागू हुने २५ जिल्लाका ८० वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई साधनसम्पन्न बनाइदै

health insurance copy
काठमाडौँ, ८ कात्तिक – स्वास्थ्य सेवा सामजिक स्वास्थ्य सुरक्षा विकास समितिले स्वास्थ्य बीमा कार्यक्रम लागू हुने जिल्लाका प्राथमिक स्वास्थ्य केन्द्रलाई साधनसम्पन्न गराउने तयारी थालेको छ । सरकारले यसबर्ष २५ जिल्लामा स्वास्थ्य बीमा कार्यक्रम सुरु गर्ने बताएको छ । त्यसमध्ये तीन जिल्लामा कार्यक्रम लागू भइसकेको छ ।

समितिका कार्यकारी निर्देशक डा. गुणराज लोहनीले समितिले यसै बर्ष सम्पन्न हुने भनिएका २५ जिल्लाका ८० वटा प्राथमिक स्वास्थ्य केन्द्रलाई साधन सम्पन्न गराउने तयारी थालिएको बताए ।

उनले प्रत्येक स्वास्थ्य केन्द्रमा कम्तीमा एक्सरे, इसीजी, युएसजी, सेमी अटो एनालाइजर लगायतका सामग्री हुनै पर्ने र त्यसको खरीद प्रक्रियाका लागि मन्त्रालयसंग समन्वय भएको बताए ।

उनले स्वास्थ्य बीमा लागू भएका तथा हुने भनिएका जिल्लाका स्वास्थ्य केन्द्र तथा अस्पतालका लागि ३३० वटा मेसिन खरीद गर्न यसै साता डेण्टर निकाल्न लागिएको जानकारी दिए । डा. लोहनीले कैलाली जिल्लाका लागि भने कोरियन सहयोग नियोग कोइकाले टेन्डर गरिसकेको जानकारी दिए ।

गत बर्ष २५ चैतबाट सुरु भएको स्वास्थ्य बीमा कार्यक्रममा आवद्ध विमितहरुलाई १ जेठ देखि उपचार सेवा दिन थालिएको छ । तर कतिपय स्वास्थ्य केन्द्र तथा अस्पतालमा न्यूनतम सामग्री समेत हुन नसक्दा बीमा अन्तर्गतको सेवाको गुणस्तरमा कमी भएको गुनासो सुरु हुन थालेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *