पाल्पामा घटेन शिशु मृत्युदर, एक बर्षमा २८ नवजात शिशुले ज्यान गुमाए

palpa-dho

पाल्पा ७ कात्तिक –  गत आवमा मात्र पाल्पा जिल्लामा २८ नवजात शिशुको मृत्यु भएको छ । सरकार नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ अघि बढे पनि पाल्पामा मृत्युदर झनै बढेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका अनुसार २०७२/७३ मा जन्मेको २८ दिनभित्र १४, सात दिनभित्र ६ र दिन नपुगी जन्मेका मध्ये आठजना नवजात शिशुको मृत्यु भएको छ ।

आव २०७१/७२ मा जन्मेको २८ दिनभित्र दुई र सात दिनभित्र दुईजना शिशुको मृत्यु भएकामा आव २०७२/७३ मा बढेर २८ जना शिशुको मृत्यु भएको हो । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाको तथ्याङ्कअनुसार दुई वर्षअगाडि ५२ जना शिशुको जन्मिनुपूर्व मृत्यु भएको थियो तर गत आवमा जन्मिनुपूर्व ४६ जना शिशुको ज्यान गएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका सूचना अधिकारी माधव ज्ञवालीले दुई वर्षअघि सुत्केरीलाई ठीक समयमा स्वास्थ्य केन्द्रमा नपु¥याई घरमै उपचार गर्दा आठजना शिशुको ज्यान गएको थियो भने गत आवमा सबै आमा तथा शिशुको मृत्यु स्वास्थ्य केन्द्रमै ल्याएपछि मृत्यु भएको थियो ।

जिल्लाका विभिन्न स्वास्थ्य संस्था र एनजिओ तथा आइएनजिओले नवजात शिशु र मातृमृत्यु रोक्न गरेका कार्यक्रमले शिशु र आमाको अकालमै मृत्यु रोक्न सकेको छैन । पाल्पा जिल्लामा पछिल्लो दुई वर्षको तथ्याङ्क हेर्ने हो भने मातृ तथा नवजात शिशुको अकालमै मृत्यु बढेको छ ।

दुई वर्षअघि आव २०७१/७२ मा पाल्पा जिल्लामा दुईजना आमाको मृत्यु भएकामा आव २०७२/७३ मा एकजनाको मृत्यु भएको छ । गत आवमा पालुङ्मैनादीका २० वर्षीया गर्भवती महिला दीपा विश्वकर्माको समयमै उपचार हुन नसक्दा ज्यान गएको थियो । समयमै अस्पतालमा नजाँदा, गर्भवती चेकजाँच नगर्दा, घरेलु हिंसा तथा स्वास्थ्यमा उचित ध्यान नदिँदा नवजात शिशु तथा आमाको ज्यान जाने गरेको छ ।

पाल्पामा जिल्ला अस्पताल, मिसन, लुम्बिनी मेडिकल कलेज प्रभास, स्वास्थ्य चौकी, अस्पताल एवम् सुआहारा लगायतका अस्पताल र एनजिओ आइएनजिओले गर्भवती महिला तथा उनीहरुको परिवारको स्वास्थ्य परीक्षणका काम गरिरहेका छन् । जिल्लामा प्रतिष्ठित संस्थाले मातृ मृत्युदर नवजात मृत्यु घटाउन विभिन्न कार्यक्रम गरे पनि प्रभावकारी हुन सकेको छैन ।

जिल्ला स्वास्थ्य कार्यालय पाल्पाका परिवार नियोजन शाखाका फोकल पर्सन कल्पना पौडेलले भने परिवार र सुत्केरीले गर्भवती हुँदा स्वास्थ्यमा ध्यान नदिँदा मातृमृत्यु तथा शिशुमृत्यु बढेको बताइन । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *