सिकलसेल परीक्षण गराउने बिरामीको सङ्ख्यामा वृद्धि

sickle-cell-anemia-test

कैलाली, ३ कात्तिक –  पश्चिम–तराईका थारु समुदायमा मात्र देखा परेको सिकलसेल जाच्ने उपकरण आएको केही दिनमै सिकलसेल परीक्षण गराउन आउने बिरामीको सङ्ख्यामा वृद्धि भएको छ ।

सुदूरपश्चिममै पहिलो पटक कैलालीको सेती अञ्चल अस्पताल धनगढीमा ‘सिकलसेल एनिमिया’ परीक्षण गर्ने उपकरण जडान भएपछि सिकलसेलको शङ्कामा रगत परीक्षण गर्नेको सङ्ख्या उल्लेख्य रुपमा वृद्धि भएको हो ।

सेती अञ्चल अस्पतालका सिकलसेल ‘फोकल पर्सन’ यशोदा ढकालले उपकरण जडान भएयता ३० जनाको रगत परीक्षण गरिएकोमा १६ जनामा सो रोग देखिएको जानकारी दिए ।

सिकलसेल परीक्षण गर्ने उपकरण नहँुदा यसअघि अस्पतालले नमुना सङ्कलन गरेर परीक्षणका लागि काठमाडौँ पठाउने गरेको थियो ।

सिकलसेलबाट थारु समुदायका धेरैले ज्यान गुमाइसकेका छन्, भने धेरै व्यक्ति यो रोगबाट ग्रसित रहेको बताइन्छ । विगतमा बिरामीको नमुना सङ्कलन गरेर काठमाडौँ पठाउने गरिएकामा अहिले यही सुविधा भएपछि परीक्षणका लागि आउने सङ्ख्या बढेको ढकालले बताइन् । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *