जनशक्तिको बिबरण खोज्दै स्वास्थ्य मन्त्रालय

mohp-copy

काठमाडौँ, २ कात्तिक – स्वास्थ्य मन्त्रालयले आफ्नो मातहतका कार्यलयमा कामगर्ने प्राविधिक तथा अप्राविधिक कर्मचारीको संख्या खोजी गर्न थालेको छ । उसले क्षेत्रीय निर्देशनालय तथा जिल्लालाई मातहतका निकायले गर्ने कामका समेत उल्लेख गर्न भनेको छ ।

क्षेत्रीय स्वास्थ्य निर्देशनालय, जिल्ला जनस्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रले भर्नुपर्ने फारमको नमूना सार्वजनिक गर्दै मन्त्रालयले हरेक महिना सो फारम केन्द्रमा पठाउन भनेको छ ।

सोमबार नमूना फारम सहितको सूचना जारी गर्दै मन्त्रालयले कति डाक्टर कति नर्स, कति ल्याव टेक्निसियन, रेडियोग्राफर, अहेव अनमी तथा कति अप्राविधिक कर्मचारी छन सबै भरेर पठाउन निर्देशन दिएको हो ।

स्वास्थ्यमा कति कर्मचारी छन भन्ने विवरण थाह नभएको अधिकारीहरु बताउदै आएका छन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *