एक लाख रुपैयाँको उपचार सहुलियत लिन पुगेनन् बिपन्न

काठमाडौँ, १ कात्तिक – सरकारले कडा र खर्चिलो मानिएको आठ वटा रोगको उपचार गर्दा विपन्न नागरिकलाई केही सहुलियत दिने गरेको छ । तर आठ मध्ये केही रोगको उपचारमा पाइने सहुलियत लिन जाने विपन्न नागरिकको संख्या एकदमै न्यून देखिएको छ ।

विपन्न नागरिकको उपचारमा अनुदान सहयोग उपलव्ध गराउँदै आएको स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाका अनुसार कडा रोग मानिने अल्जाइमर्स र पार्किन्सन्सको उपचारका लागि सहयोग लिने विपन्नको संख्या अत्यन्तै न्यून छ ।

list

महाशाखाको तथ्यांकले पछिल्लो तीन बर्षमा एक अल्जाइमर्स र पार्किन्सन्स रोगको उपचारमा सहुलियत लिने विपन्न नागरिकको संख्या क्रमश १७ र १६ मात्रै छ । विपन्न नागरिकले यी रोगको उपचार गराउन एक लाख रुपैयाँ सहयोग पाउछन् । यद्धपी उपचारका लागि सूचीकृत अस्पताल हुनुपर्छ र सरकारले रकम सोझै अस्पतालमा पठाइदिन्छ ।

त्यस्तै कम सहुलियत लिने अर्को रोग हो स्पाइनल इन्जुरी र हेड इन्जुरी । मेरुदण्ड भाँचिएका तथा टाँउकोमा गम्भीर चोट लागेका विपन्न नागरिकको उपचारका लागि भन्दै सरकारले हेड तथा स्पाइनल इन्जुरीका लागि एक लाख रुपैयाँ अनुदान उपलव्ध गराउने गरेको छ । तर पछिल्लो तीन बर्षमा यी रोगको उपचार बापत सहुलियत लिने विपन्नको संख्या अत्यन्त न्यून छ ।

महाशाखाका अनुसार तीन बर्षमा स्पाइनल (मेरुदण्ड) भाचिएर उपचार गराई सहुलियत लिएका विरामीको संख्या जम्मा २७ छ भने हेड इन्जुरी ( टाउको चोट) को उपचार गराई सहुलियत लिएका विरामीको संख्या ८७ मात्रै छ । अचम्म त के छ भने गत आर्थिक बर्षमा हेड इन्जुरीको उपचार गरेको भन्दै सहुलियत लिन एक जना पनि पुगेन् ।

महाशाखाका विपन्न नागरिक औषधि उपचार कोष सचिवालयका फोकल पर्सन प्रकाश घिमिरेले संख्या कमी देखिनुमा विरामी नै कमी हुनु कारण हुनसक्ने बताए । उनले कतिपयले थाह नपाएर वा कतिपयले सूचीकृत अस्पतालमा उपचार नगराएका कारण पनि यो सुविधा नलिएको हुनसक्ने अडकल काटे ।

सचिवालयबाट पछिल्लो तीन बर्षमा सबैभन्दा बढी मिर्गौला उपचारमा डायलासिस तथा प्रत्यारोपण गरि १२ हजार ५६२ जनाले, क्यान्सर ९३७० जनाले र मुटुको उपचारमा ६१५८ जनाले सहुलिएत लिएका छन् । पछिल्लो दुई बर्ष देखिएको थपिएको रोग सिकलसेल एनिमियाको उपचार गरि सहुलियत लिने विपन्नको संख्या ३७० मात्रै रहेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com