डीन नियुक्तिको विषयमा छलफल गर्न प्राध्यापक र एफडीएले बोलायो ‘मास मिटिङ’

deen-office-copy

काठमाडौँ, ३० असोज – प्राडा गोविन्द केसीको अनसनका उपलव्धी, त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान आइओएममा डीन नियुक्ति लगायतका विषयमा छलफल गर्न त्रिवि प्राध्यपाक संघ र फ्याकल्टी डाक्टर एसोसियसनले आज संयुक्त भेला (मास मिटिङ)को आयोजना गर्दैछन् ।

टिचिङ हस्पिटल परिषरमा रहेको बीपी कोइराला नेत्र अध्ययन केन्द्रमा दिउसो १२ बजेदेखि भेला सुरु हुने बताइएको छ । भेलामा प्रजातान्त्रिक, प्रगतिशील, क्रान्तिकारी प्राध्यापक तथा कर्मचारी, विद्यार्थी, फयाकल्टी डक्टरहरुको सहभागीता हुने बताइएको छ ।

यहि समूहले त्रिविको नियम अनुसार २४ घण्टा भित्र डीन नियुक्ति गर्नुपर्ने भन्दै गत १३ असोजमा डीन अफिस र महाराजगञ्ज क्याम्पसमा तालावन्दी गरेको थियो । बरिष्ठताको आधारमा तत्काल डीन नियुक्ति गर्नुपर्ने लगायतका माग राख्दै डा केसी नवौँ अनसन सुरु गरेपछि यो समूहले काउन्टर दिन सुरु गरेको हो ।

‘बाहिर जे सुकै नाम दिएपनि उहाँको अनसन कुनै व्यक्तिलाई डीन बनाउने विषयमा केन्द्रीत छ । त्रिवि नियम एकापट्टी छ तर उहाँको मापदण्ड आफ्नै छ । आफूले भनेका व्यक्ति भएनन भने फेरी अनसन बस्नुहुन्छ । त्यसैलाई चिर्न हामीले आन्दोलन चर्काएका हौँ ।’ आइओएमका एक प्राध्यापकले भने ।

स्रोतका अनुसार डा केसीले बरिष्ठताको आधारमा प्राडा जगदीश अग्रवाल डीन हुनुपर्ने बताउदै आएका छन् । उनको मागकै कारण त्रिवि कुलपति एवं प्रधानमन्त्री पुष्पकमल दाहालले प्राडा अग्रवाललाई नै डीन नियुक्त गर्न त्रिवि उपकुलपतिलाई निर्देशन समेत दिएका थिए । तर प्राडा अग्रवाललाई गण्डकी मेडिकल कलेजको सिट निर्धारण प्रक्रियामा विवादित भएको र सर्वोच्चमा मुद्धा समेत विचाराधिन रहेको भन्दै त्रिविले सरकारसंग राय मागेको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *