नेपालमा सवा दुई लाख मानिस दृष्टिबिहीन !

blind-man

काठमाडौँ, २८ असोज – नेपालमा छ मिटरको दूरीलाई आधार मान्दा अनुमानित २ लाख २० हजार मानिस र तीन मिटरलाई आधार मान्दा ९३ हजार चारसय मानिसहरु दृष्टिविहिन रहेकाछन् । ती मध्ये ५० वर्षभन्दा माथिका मानिसहरुको संख्या २ दशमलब ५ रहेको छ ।

आँखा स्वास्थ्यको क्षेत्रमा काम गरीरहेको नेपाल नेत्र ज्योति संघका अनुसार नेपालमा कुल दृष्टिविहिनहरुमध्ये ६६ प्रतिशतको दृष्टिविहिनतालाई उपचारका माध्यमबाट नै निवारण गर्न सकिन्छ भने १६ प्रतिशतको दृष्टिविहिनता रोकथाम गर्न सकिने खालको छ ।
यद्धपी उपचारमा सबैको सहज पहूच पुगेको छैन् ।

नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा.डा.तीर्थप्रसाद मिश्रले नेपालमा अझै पनि आँखा उपचार सर्वसुलभ नरहेको बताउछन् । हिजोका दिनमा भन्दा केही सहज छ अध्यक्ष मिश्रले भने,“आँखा स्वास्थ्यमा जति पहुँच पुग्नुपर्ने हो त्यति पहुँच पु¥याउन सकिएको छैन ।” केही शहरी क्षेत्रमा भन्दा बाहेक आँखा स्वास्थ्यको पहुँच र जनचेतना पु¥याउन नसकिएको भन्दै उनले त्यसको लागि नागरिक समाज, नेपाल सरकार , गैरसरकारी संघसस्थाको भूमीका रहने जानकारी दिए ।

अन्य अंगहरु जस्तै आँखा पनि महत्वपूर्ण अंगको रुपमा रहेको भन्दै अध्यक्ष प्राडा मिश्रले नेपालमा २०२० सम्ममा अन्धोपन निवारणको लागि पर्याप्त जनशक्ति नभएको बताए ।

त्यसो त अघिल्ला बर्षको तुलनमा पछिल्ला बर्षहरुमा अन्धोपनको अवस्था कमी हुदै गएको पाइएको छ ।
संघका अनुसार सन् १९८१ मा ०.८४ प्रतिशत अन्धोपनको स्थिति रहेकोमा २०११ सम्म आइपुग्दा अन्धोपनको स्थिति ०.३५ प्रतिशतमा झर्न पुगेको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार विश्वमा २८ करोड ५० लाख मानिसहरु न्युनदृष्टि र दृष्टिविहिनताको समस्याबाट प्रभावित रहेका छन् । तीमध्ये ३ करोड ९० लाख मानिसहरुमा अन्धोपनको समस्या रहेको छ भने २४ करोड ६० लाखमा न्युनदृष्टिको समस्या पाइएको छ ।

विश्वका कुल दृष्टिविहिनहरुमध्ये करिव ६५ प्रतिशत मानिस ५० वर्ष उमेर माथिका रहेका छन् । यस्तै एक करोड ९० लाख बालबालिकाहरुमा दृष्टिदोषको समस्या रहेको पाइएको छ । कुल दृष्टिविहिनहरुमध्ये करिव ९० प्रतिशत दृष्टिविहिनहरु विकासशील तथा अल्पविकसित मुलुकमा रहेका छन् । ८० प्रतिशत दृष्टिदोषलाई उपचारद्वारा निवारण गर्न सकिने विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्व स्वास्थ्य संगठनका अनुसार अन्धोपनका प्रमुख कारणहरुमा मोतीविन्दुबाट ६५ प्रतिशत रहेको छ भने आँखाको पर्दाजन्य रोगहरुबाट १४ प्रतिशत, आँखाको नानीमा हुने अन्धोपन ६ प्रतिशत, जलविन्दु ५ प्रतिशत र अन्य कारणबाट १० प्रतिशत मानिसहरु दृष्टिविहिन बन्न पुगेकाछन् ।
यसैबीच मंगलबार विश्व दृष्टि दिवस मनाइएको छ । “सहकार्यलाई अझ मजबुत तुल्याऔँँ” भन्ने नाराका हरेक वर्ष अक्टोवर १३ तारिखमा ) विश्वभरि नै विश्वदृष्टि दिवस मनाउने गरिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *