रत्ननगर अस्पतालमा पहिलोपटक डेङ्गुको निःशुल्क परीक्षण

dangue

रत्ननगर (चितवन), २६ असोज । रत्ननगर क्षेत्रमा डेङ्गु रोगको सङ्क्रमण बढेपछि रत्ननगर अस्पतालमा पहिलोपटक निशुल्क परीक्षण थालिएको छ ।

अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा कृष्ण पौडेलले निःशुल्क परीक्षण थालेपछि यहाँ अहिले बिरामीको चाप बढिरहेको बताए ।

डेङ्गु सङ्क्रमण देखिएपछि सरकारले रत्ननगर अस्पतालका लागि ११५ वटा किट उपलब्ध गराएर यहाँ निःशुल्क परीक्षण थालिएको हो ।

यसअघि भरतपुर अस्पताल र अन्य मेडिकल कलेजमा मात्रै निःशुल्क परीक्षण हुँदै आएको डेङ्गु योपटक भने रत्ननगरमा समेत निःशुल्क परीक्षण हुन थालेको हो ।

रत्ननगरमा दसैँका बेलामा डेङ्गु सङ्क्रमण झन बढेकाले इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाको टोलीले थप ५० वटा किट उपलब्ध गराएको महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले जानकारी दिए ।

उनकै नेतृत्वमा जिल्लामा तीनदिनअघि रोग नियन्त्रणका लागि यहाँ केन्द्रीय टोलीले ५० थान किट दिएको र केही किट जिल्ला जनस्वास्थ्य कार्यालमा समेत किट स्टक राखिएको कार्यालयका किट नियन्त्रण निरीक्षक रामकुमार केसीले जानकारी दिए ।
चितवनमा पछिल्लो प्रतिवेदनअनुसार ६०० जनाको परीक्षणमा कुल १२५ जनामा डेङ्गु सङ्क्रमण भएकामा १०४ बिरामी चितवन निवासी छन् । उनीहरुमध्ये ८५ जना रत्ननगरका बिरामी रहेको केसीले बताए ।

एडिस एजेप्टाई नामको सङ्क्रमित पोथी लामखुट्टेले टोकेमा डेङ्गुको आरएनए समूहको फ्लभी भाइरस मानिसमा सर्दा यो रोग लाग्छ ।

कुनै पनि भाँडामा एकहप्ताजति जमेको सफा पानीमा यो लामखुट्टे हुर्कने भएकाले पानी जम्न नदिनु नै रोगबाट बच्ने मुख्य उपाय भएको बताइएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *