एमबीबीएस र बीडीएस भर्नाका बारेमा काउन्सिलले दशैँपछि निर्णय गर्ने , तत्कालका लागि रोक्न निर्देशन

NMC!

काठमाडौँ, २२ असोज – नेपाल मेडिकल काउन्सिलले आफूले सीट निर्धारणसम्वन्धी अन्तिम निर्णय दिइ नसकेको भन्दै तत्काल एमबीबीएस र बीडीएसमा भर्ना नगर्न नगराउन विश्वविद्यालय, प्रतिष्ठान तथा सम्वन्धीत मेडिकल तथा डेन्टल कलेजहरुलाई निर्देशन दिएको छ ।

विभिन्न मेडिकल कलेज तथा डेन्टल कलेजहरु आफूखुशी सिट निर्धारण गरी भर्ना गरेको समाचार सार्वजनिक भएपछि शुक्रबार सूचना प्रकाशित गरि सो निर्देशन दिएको हो । काउन्सिलले दशैँ पछि बस्ने पूर्ण बैठकले आवश्यक निर्णय गर्ने समेत स्पष्ट पारेको छ ।

सो निर्णण गर्न काउन्सिलले विहीबार दिउसो १ बजे आकस्मिक बैठक बोलाएको थियो । तर आवश्यक कोरम नगुपेपछि अन्य निर्णय भएको थिएन ।

‘कतिपय कलेजहरुमा भर्ना लिएको पाइयो त्यसैले हाललाई स्थगित गर्नका लागि निर्णय गरेका हौँ , पूर्ण बैठक दशै लगत्तै बस्ने र थप निर्णय गर्ने सहमति भएको हो,’ काउन्सिलका रजिष्टार डा दिलीप शर्माले भने ।

सो सूचनालाई सम्वोधन गर्न शुक्रबार समेत काउन्सिलको अनौपचारिक बैठक बसेको थियो ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com