डा. गोविन्द केसीलाई अनसन स्थगित गर्न स्वास्थ्य मन्त्रीको आग्रह

gagan-pressmeet

काठमाडौँ, २० असोज – स्वास्थ्य मन्त्री गगन थापाले अनसन स्थगित गर्न डा गोविन्द केसीलाई आग्रह गरेका छन् । डा केसीले उठाएका मध्ये धेरै माग पुरा भएको र केही माग प्रक्रियामा रहेको भन्दै मन्त्री थापाले  त्यसका लागि केही समय पर्खिन आग्रह गरेका छन् ।

स्वास्थ्य मन्त्रालयले गरेको नियमित पत्रकार सम्मेलनमा बोल्दै थापाले आफू पहिले देखिनै डा केसीको लडाईमा साथ रहेको भन्दै तर सरकारले काम गरिरहेको अवस्थामा अनसन बस्नु हतारो भएको बताए ।

‘म आएको धेरै भएकै थिएन, अनसन बस्ने कुरा आयो मैले केही दिन पर्खनुस् । भएन भने बस्नुहोला भने , तर एक साता पर्खनुभयो । त्यसपछि पुन बस्नु भयो । हामीले पत्र पठायौँ तर उहाँले अनसन रोक्नुभएन ।’

मन्त्री थापाले डा केसीका चिकित्सा शिक्षा विधेयक, मनमोहन प्रतिष्ठान विधेयक फिर्ता लिने कार्य लगायतका कुराहरु लगभग पुरा भएको र बाँकी विषयमा समेत काम अघि बढेको भन्दै त्यसका लागि केही समय लाग्ने बताए ।

‘अहिले भएका कामहरु आजको भोली नै हुने खालका पनि होइन केही समय लाग्छ । त्यसैले डा केसीलाई मेरो आग्रह कृपया अनसन स्थगित गर्नुहोस्,’ मन्त्री थापाले भने ।

एघार दिन देखि अनसन बसेका डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको चिकित्सक टोलीले बताएको छ ।

 

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *