जन्मदर्ता गरे रु एक हजार

दाङ, १८ असोज – यहाँको नगरपालिकाले दलित समुदायका शिशुको जन्मेको ३५ दिनभित्र जन्मदर्ता गराए प्रोत्साहनस्वरुप रु एक हजार दिने भएको छ ।

दलित बालबालिकाको जन्मदर्ता समयमै नहुने समस्या रहेकाले स्थानीय विकास मन्त्रालयकै योजनाअनुसार तुलसीपुर नगरपालिकाले रकम दिने भएको हो ।

मन्त्रालयले नगरपालिकालाई परिपत्र गरिसकेको र अब जन्मदर्ता तोकिएको समयमा गराउने दलित समुदायका बालबालिकालाई प्रोत्साहन भत्ता दिइने तुलसीपुर नगरपालिकाका पञ्जिकाधिकारी ध्रुवराज रेग्मीले बताए ।

व्यक्तिगत घटना दर्ता विवरणअन्तर्गत जन्मदर्ता महत्वपूर्ण हुन्छ । प्रायः बालबालिकाको जम्मदर्ता उमेर पुग्दासम्म पनि नहुने समस्या यहाँ व्याप्त रहेकाले यो नयाँ व्यवस्था गरिएको हो । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *