९० प्रतिशत चित्र नछापिएका सूर्तिजन्य पदार्थ बजार पठाउन पाइदैन- स्वास्थ्यमन्त्री थापा

tobacco90

काठमाडौँ, १८ असोज – स्वास्थ्य मन्त्री गगन थापाले ९० प्रतिशत चेतावनीमुकल स्वास्थ्य सन्देश नराखेका सुर्तिजन्य पदार्थका प्याकेटहरु बजार पठाउन नपाइने बताएका छन् । उनले सरकारले बनाएको कानून अटेरी गर्ने सूर्ति उद्योगहरु माथि कारबाही अघि बढाउने समेत जनाएका छन् ।

सोमबार स्वास्थ्य पत्रकार मञ्च नेपाल र एक्सन नेपालद्धारा संयुक्तरुपमा आयोजित सूर्तिजन्य पदार्थमा ९० प्रतिशत चेतावनी मुलक चित्रअंकित स्वास्थ्य सन्देश र यसको कार्यान्वनयको अवस्था विषयक अन्तक्रिर्या कार्यक्रमा सहभागी भएका मन्त्री थापाले सो कुरा बताएका हुन् ।

सरकारले सूर्ति नियन्त्रणका लागि बनाएको कानून सबैले विनासर्त पालना गर्नुपर्ने भन्दै कसैलाई पालना गर्नुपर्ने र कसैलाई नगरेपनि हुने अवस्थाको अन्त्य गर्ने बताए । ‘कि त मापदण्ड पुरा गर्नुपरयो कित बजार पठाउन बन्द गर्नुपरयो ।बजार पनि पठाउने र कानून पनि मान्दिन भन्न अब कसैलाई छुट छैन्’ मन्त्री थापाले भने । उनले सुर्ती नियन्त्रणका लागि करको दर बढाउने तथा स्कुलमा एन्टीटोवाको क्याम्पियन चलाउने योजना रहेको बताए ।

सोही कार्यक्रममा बोल्दै स्वास्थ्य सचिव डा सेनेन्द्रराज उप्रेतीले सूर्तिजन्य पदार्थको नियन्त्रणको लागि नेपालले बनाएको कानून विश्वमै उत्कृष्ठ भई ग्लोबल अवार्ड समेत पाएको भन्दै यसको कार्यान्वनय गर्न मन्त्रालय लागि पर्ने बताए । उनले कानून ल्याउन तथा कार्यान्वनयमा लैजानका लागि स्वास्थ्य पत्रकारहरुको भूमिका अहं भएको बताए ।

एक्सन नेपालका अध्यक्ष आनन्दबहादुर चन्दले कानून बनेको दुई बर्षसम्म एउटा सुर्तीउद्योगले अटेरी गरिरहने र सरकार मुकदर्शक बनिरहनु लज्जाको विषय भएको बताए । ‘२०७२ जेठ देखि लागू गर्ने भन्दै २०७१ कात्तिकमै कानून बन्यो तर अहिले २०७३ असोज समेत सकिन लाग्यो , २३ महिना पुरा हुँदा समेत नेपाली कम्पनीले कानूनको अटेरी गरेको छ । यो लज्जाको विषय हो’ अध्यक्ष चन्दले भने ।

उनले केही विदेशी कम्पनी र एउटा स्वदेशी कम्पनीले कानून कार्यान्वनय गर्न थालेको संकेत दिएको भएपनि नेपालको प्रमुख चुरोट उत्पादक र वितरक सूर्य नेपालले अहिलेसम्म अटेरी गर्दै आएको बताए ।

कार्यक्रममा मन्त्रालयका कानून शाखाका उपसचिव खिमानन्द भुसालले अहिलेसम्म भएगरेका प्रगति विबरण प्रस्तुत गरेका थिए । मञ्चका अध्यक्ष अनिल न्यौपानेले पत्रकारले खबरदारी साथै जनचेतना जगाउन क्याम्पियन समेत गर्ने बताए ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *