दुर्गम क्षेत्रका १११ जना स्वास्थ्यकर्मीलाई ‘मेडिकल केश ह्यान्डिलिङ’ प्रशिक्षण

ask-telemedicineकाठमाडौँ, १७ असोज – स्वास्थ्य शिक्षा, परामर्श तथा टेलिमेडिसिन सेवा लगायतका क्षेत्रमा क्रियाशिल संस्था आस्क फाउन्डेशनले आइतबार राजधानीमा एक दिने सीएमई (कन्टयुनिइङ मेडिकल एजुकेशन) आयोजना गरेको छ ।

दुगर्म क्षेत्रमा कार्यरत स्वास्थ्यकर्मीको क्षमता अभिवृद्धि गर्न गर्ने उद्धेश्यका साथ आयोजित सीएमईमा दुर्गम क्षेत्रमा कार्यरत चिकित्सक, नर्स तथा स्वास्थ्यकर्मी गरी १ सय ११ जनाको सहभागिता थियो ।

धापासीस्थित ग्राण्डी अस्पतालमा आयोजित सो सीएमईमा सहभागीहरुलाई नेपाल तथा अमेरिकामा कार्यरत ११ जना विशेषज्ञ चिकित्सकले आधाभूत जीवन रक्षा एव) आकस्मिक उपचारका सन्दर्भमा प्रशिक्षण दिएका थिए ।

सो अवसरमा नशारोग विशेषज्ञ डा. राजु पौडेल, स्त्रीरोग विशेषज्ञ डा. रितुजा जोशी, चर्मरोग विशेषज्ञ डा. शम्भूद्धत्त जोशी लगायतका चिकित्सकले दुर्गम भेगका स्वास्थ्यकर्मीलाई मेडिकल केश ह्यान्डिलिङ सम्वन्धी प्रशिक्षण दिएका थिए । उक्त अवसरमा मेडिकल क्षेत्रमा भएका नविनतम प्रगति एवं नयाँ प्रविधिबाट कसरी उपचार गर्ने भन्ने सन्दर्भमा समेत छलफल भएको थियो ।

सोही अवसरमा आइतबार फाउण्डेसनले कालिकोट र बाजुरमा सुरु गरेको तीनवटा टेलिमेडिसिन सेन्टरलाई ल्यापटप समेत हस्तान्तरण गर्यो । कालिकोटको नैनी र मुम्री तथा बाजुराको गोत्रीमा सुरु भएको टेलिमेडिसिन सेन्टरलाई ल्यापटप हस्तान्तरण गरिएको कार्यक्रमकी संयोजक एवं फाउण्डेशनकी अध्यक्ष डा. रश्मी थापाले जानकारी दिइन् ।

उनले आगामी दिनमा अन्य स्थानमा पनि टेलिमेडिसिन सेन्टर बिस्तार गर्दै दुर्गमका बासिन्दालाई स्वास्थ्य सेवाउपलब्ध गराउने बताइन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *