अनुसन्धान भन्छ, ‘सातामा दुईपटक यौनसम्पर्क गर्ने व्यक्ति नगर्नेको तुलनामा बढी स्वस्थ’

sex-1

यौनका विषयमा संसारमा विभिन्न प्रकारका अनुसन्धान भइरहेको छ । भर्खरै अमेरिकाको पेन्सिलवेनिया भएको एक अनुसन्धानले हप्तामा एक देखि दुई पटक यौनसम्पर्क गर्ने व्यक्तिको रोगप्रतिरोधात्मक क्षमता नगर्नेको भन्दा निकै राम्रो हुने देखाएको छ ।

अनुसन्धानमा सहभागी डाक्टर लरिनका अनुसार नियमित यौनसम्पर्कले महिला तथा पुरुषहरुमा यौन चाहना बढाउछ । उनले यौन सम्पर्कका बेला महिलाको यौनांगमा आउने परिवर्तनबाट योनीको रक्तप्रभावलाई समेत चुस्त बनाउन मद्धत गर्ने बताइन् । यसले योनीमा हुनसक्ने संक्रमणबाट बचाउछ ।

त्यस्तै नियमित यौनसम्पर्क राख्ने महिलामा पिसाव सम्वन्धी रोग लाग्ने सम्भावना समेत कम हुन्छ । विज्ञहरुका अनुसार करीब करीब ३० प्रतिशत महिलामा कुनै न कुनै बेला मुत्रासय सम्वन्धी समस्या हुने गर्छ ।

यौनसम्पर्कका बेला महिला तथा पुरुषहरुको हिपको भाग बढी संक्रीय हुँदा मुत्रासय ठिक रहने अनुसन्धानकर्ताहरुको भनाईछ ।त्यस्तै यौनसम्पर्क गर्दा व्लड प्रेसर समेत नियन्त्रणमा रहन्छ । सामान्यत व्लड प्रेसर १२०/८० हुनुपर्छ । यसमा माथिल्लो अर्थात सिस्टोलिक १२० र डायस्टोलिक अर्थात तल्लो ८० हुनु पर्छ । तर यौनसम्पर्क पछि सिस्टालिक प्रेशर कम हुन्छ ।

अनुसन्धानकर्ताहरुले यौनसम्पर्क गर्दा एक मिनेटमा पाँच क्यालोरी शक्ति नास हुने बताउछन् । यो ट्रेडमिलमा दौडदा हुने नास जस्तो हो । त्यसो त यौन सम्पर्कको बेलामा सेक्स पार्टनर दुबैको मुटुको धडकन बढछ । त्यस्तै कयौँ मांसपेशीहरुमा रक्तप्रभाव बढने गर्छ । र यसले व्यायम पनि हुन्छ ।

न्यूजर्सी विश्वविद्यायका अर्का अनुसन्धान बेरी कोमिसरुक भन्छन्, यौनसम्पर्क गर्दा जब तपाई चरमउत्कर्षमा पुग्नुहुन्छ त्यतिवेला तपाईँमा एक हर्मोन पैदा हुन्छ त्यसले सबै खालका दुख पिडाहरु विर्साउछ वा कम गर्छ ।

अनुसन्धान कर्ताहरुले नियमित यौनसम्पर्क गर्ने महिलाको हिप, खुट्टा, महिनावारी, टाउकोको वा पेटको दुखाई हुने समस्या समेत कम हुने दावी गरेका छन् । त्यसैले उनीहरु भन्छन्, स्वस्थ र सुखी जीवनका लागि हप्ताको एक वा दुईपटक यौनसम्पर्क अनिवार्य छ ।

  • एजेन्सी
समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *