विभागले फार्मास्युटिकल्स कम्पनीका दराज फिर्ता गर्ने

dda1

काठमाडौँ, १३ असोज – औषधि व्यवस्था विभागले आफ्नो कार्यलयमा राखिएका औषधि कम्पनीका दराजहरुलाई फिर्ता गर्ने भएको छ । विभागले आफ्नै दराजहरु ल्याएर त्यसको साँचो समेत आफैले लिने जनाएको छ ।

आफूकहाँ राखिएको एक औषधि कम्पनीको दराजबाट २२ ग्राम ब्राउन सुगर भेटिएपछि विभागले सो निर्णय गरेको हो । विभागका महानिर्देशक नारायण ढकालले आफूकहाँ ७० वटा भन्दा बढी कम्पनीका दराजहरु रहेको र ती दराजका साँचो विभाग र कम्पनीका प्रतिनिधिले लिने गरेको बताए । विश्वासको आधारमा कम्पनीका कर्मचारीहरुलाई छाडिदिदा त्यसको दुरुपयोग भएको भन्दै कम्पनीका दराज हटाइदिन लागेको बताए ।

गत मंगलबार विभागमा रहेको पानस फर्मास्यिुटिकल्सको दराजबाट नेपाल प्रहरीको लागूऔषध नियन्त्रण व्युरोले २२ ग्राम ब्राउनसुगर सहित कम्पनीका कर्मचारी सुशील गुप्तालाई पक्राउ गरेको थियो ।

विहीबार आयोजित पत्रकार सम्मेलनमा कम्पनीका बजार निर्देशक नरेशकुमार श्रेष्ठले विश्वास गरेको कर्मचारीले आफूहरुलाई धोका दिई कम्पनीकै बदनाम गरेको बताए ।

उनले आरोपित कर्मचारीलाई निलम्वन गरी प्रहरीलाई छानवीनमा सहयोग गरेको बताए । ‘हाम्रो कर्मचारी त्यस्तो थियो भन्ने हामीले कल्पना समेत गरेका थिएनौँ । तर त्यस्तो भयो । हामी यसलाई गम्भीरतापूर्वक लिएका छौँ ,’  उनले भने ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *