विश्व मुटु दिवसको अवसरमा बसन्तपुरमा प्रभातफेरी

काठमाडौँ, १३ असोज – मुटुमा उर्जा थपौँ जीवनलाई सशक्त बनाऔँ भन्ने नाराका साथ आज विश्व मुटुदिवस मनाइदै छ । यसै अवसरमा नेपाल हार्ट फाउन्डेसनको अगुवाई आज राजधानीमा प्रभातफेरीको आयोजना गरियो ।

विहान ७ बजे देखि काठमाडौँको बसन्तपुरबाट भएको प्रभातफेरीमा मुटुरोग विशेषज्ञ सहितका स्वास्थ्यकर्मी , विभिन्न संघसंस्थाका प्रतिनिधी तथा आम सर्वसाधारणको उपस्थिति रहेको थियो । सो अवसरमा चिकित्सकहरुले मुटुरोगबाट बच्चका लागि अपनाउनुपर्ने उपायका बारेमा जानकारी दिएका थिए ।

जीवनशैलीलाई परिवर्तन गर्ने , खानपानमा ध्यान दिने र नियमित स्वासथ्य जाँच गरि मुुटुरोगबाट बच्न सकिने उनीहरुको सुझाव थियो ।

1

5

2

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *