अत्याधुनिक स्वास्थ्य प्रयोगशाला सञ्चालनमा

prayogsala

धनगढी, ६ असोज –  निजी क्षेत्रको प्रयासमा यहाँ अत्याधुनिक र सुविधा सम्पन्न स्वास्थ्य प्रयोगशाला सञ्चालनमा आएको छ ।

‘लाइफ केयर डाइग्नोस्टिक एन्ड रिसर्च सेन्टर’ नाम दिइएको उक्त प्रयोगशाला करिब रु दुई करोड ५० लाखको लगानीमा सञ्चालनमा आएको सञ्चालक दीपेन्द्र पाण्डेयले बताए ।

प्रयोगशालाको वरिष्ठ फिजिसियन डा. शुभेषराज कायस्थ र सेती अञ्चल अस्पतालका निवर्तमान मेडिकल सुपरिन्टेन्डेन्ट डा. गणेशबहादुर सिंहले बुधबार संयुक्त रुपमा उद्घाटन गरे ।

डा. दीपेन्द्र पाण्डेय र डा. महेन्द्र भट्ट तथा समर मेडिकल धनगढीका सञ्चालक रमेश शाहीको संयुक्त लगानीमा उक्त स्वास्थ्य प्रयोगशाला सञ्चालनमा ल्याइएको हो ।

थाइराइड, सिकलसेल, हेपाटाइटिसलगायतका रोगको जाँचका लागि प्रयोगशाला स्थापना गरिएको सञ्चालक डा. दीपेन्द्र पाण्डेयले बताए । प्रयोगशाला स्थापनासँगै विभिन्न रोगको परीक्षण एवम् जाँचको काम अब स्थानीय रुपमै सहज हुने भएको अर्का सञ्चालक डा. महेन्द्र भट्टले बताए ।

यस क्षेत्रमा सुविधा सम्पन्न र अत्याधुनिक प्रयोगशाला नहुँदा बिरामीले भारत वा काठमाडौँ पुगेर स्वास्थ्य जाँच एवम् उपचार लिनुपर्ने अवस्था रहेकामा यो प्रयोगशाला स्थापनापछि यस क्षेत्रका बिरामीलाई ठूलो राहत हुने विश्वास गरिएको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *