कान्तिपुर डेन्टलद्धारा ४५० जनाको निशुल्क दन्त परीक्षण

kantipur-camp

काठमाडौँ,५ असोज – बसुन्धरास्थित कान्तिपुर डेन्टल कलेज एण्ट टिचिङ हस्पिटलले मंगलबार हात्तिगौडास्थित भक्त इन्टरनेशनल एकेडेमीका विद्यार्थी तथा शिक्षकहरुको निशुल्क दन्त परीक्षण गरेको छ । एक दिने मुख तथा दन्त स्वास्थ्य सिविरमा ४५० जना भन्दा बढीले मुख तथा दन्त स्वास्थ्य परीक्षण गराएको टोलीको नेतृत्व गरेकी डा. सलिना मानन्धरले बताइन् ।

परीक्षणका क्रममा अधिकांशमा दाँत किराले खाने समस्या पाइएको थियो । त्यसबाहेक कतिपयमा गिजाँ पाक्ने तथा सुन्निने समस्या समेत भेटिएको थियो । सो क्रममा टोलीले मुख तथा दन्त स्वास्थ्यको महत्व, मुख तथा दन्त स्वस्थ राख्न अपनाउनुपर्ने तरिका, ब्रस गर्ने तरिका, गिजाँ सफा राख्ने तरिका लगायतका विषयमा परामर्श तथा प्रशिक्षण समेत दिएका थिए ।

kantipur-camp1

कान्तिपुर डेन्टलले आफ्नो सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत समय समयमा राजधानी सहित देशका विभिनन भूभागमा निशुल्क स्वास्थ्य शिविर राख्दै मुख तथा दन्त स्वास्थ्य क्षेत्रमा सचेतना फैलाउँदै आएको छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *