दर्ता नभएको डेन्टल हस्पिटलमा ताला

tala

कञ्चनपुर, ३१ भदौ –  संयुक्त बजार अनुगमन टोलीले महेन्द्रनगर बजारको गल्ली नम्बर—२ स्थित श्रीराम डेन्टल हस्पिटलमा बिहीबार ताला लगाएको छ । श्रीराम डेन्टल हस्पिटल दर्ता नभएको र हस्पिटलमा सम्बन्धित व्यक्ति नभेटिएकाले अनुगमन टोलीले ताला लगाइएको हो ।

डेन्टल हस्पिटलमा केही मात्रामा औषधि राखिएको र सम्बन्धित कागजात नभेटिएका कारण ताला लगाइएको अनुगमन टोलीका संयोजक उदयराज जोशीले बताउनुभयो । अनुगमन टोलीले बिहीबार कञ्चनपुरका १० वटा निजी स्वास्थ्य संस्था, प्रयोगशाला तथा औषधि पसलको अनुगमन गरेको छ ।

महेन्द्रनगरको शुभम् फार्मेसीको ल्याब तथा क्लिनिक दर्ता नभएको, गीताञ्जली मेडिकल र गौरी प्याथोलोजीमा ल्याब दर्ता नभएको पाइएको जोशीले बताए । उनकाअनुसार स्टार मेडिसिनले औषधि व्यवस्था विभागद्वारा तोकिएको ढाँचाअनुसार औषधि वितरण नगरेको भेटिएको छ । प्रिती मेडिकल हलको पोलिक्लिनिक दर्ता नभएको र बिल प्रयोग नगरी कारोबार सञ्चालन गरेको पाइएको अनुगमन टोलीले जनाएको छ ।

महाकाली सेती भेटेरिनरीमा बिल बुकमा रजिस्ट्रेसन नम्बर नराखेको, कञ्चन प्रयोगशाला र त्रिशक्ति फार्मेसीको क्लिनिक दर्ता नभएको र अनिल फार्मेसीमा म्याद नाघेको सर्जिकल उपकरण भेटिएको औषधि व्यवस्था विभाग शाखा कार्यालय, नेपालगन्जका औषधि निरीक्षक पुष्प राना क्षेत्रीले बताए ।

दर्ता गराउन बाँकी रहेका निजी क्लिनिक, प्रयोगशाला र औषधि पसललाई १५ दिनभित्र जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा दर्ता प्रमाण पेस गरेर सञ्चालन गर्न अनुगमन टोलीले निर्देशन दिएको छ । सेफर अस्पताललाई सात दिनभित्र नवीकरण गराउन निर्देशन दिएको अनुगमन टोली संयोजक जोशीले बताए । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *