हिलारीको स्वास्थ्यमा सुधार

DEM 2016 Clinton

वासिङटन, ३० भदौ –  अमेरिकाको डेमोक्र्याटिक पार्टीका तर्फबाट राष्ट्रपतिको उम्मेदवार हिलारी क्लिनटनको स्वास्थ्य अवस्था राम्रो भएको उपचारमा संलग्न चिकित्सकहरुले बुधबार प्रकाशित एक विज्ञप्तिमा बताएका छन् ।

“उनको स्वास्थ्य अवस्थामा निरन्तर सुधार भईरहेको छ संयुक्त राज्य अमेरिकाको सेवाका लागि उनी अहिले ठिक अवस्थामा हुनुहुन्छ,” क्लिनटनकी पारिवारिक चिकित्सक डा।लिसा बारडार्कले भने ।

अमेरिकाको पूर्वविदेश मन्त्रीसमेत रहनु भएकी र हाल डेमोक्र्याटिक पार्टीका तर्फका राष्ट्रपतिकी उम्मेदवार हिलारी क्लिन्टनले गत आईतवारदेखि आफ्ना महत्वपूर्ण सभासमारोह रद्ध गरेर घरमै बसेकी छन् ।

पूर्वविदेशमन्त्री क्लिन्टन नरम र नसर्ने जिवाणु सहितको निमोनियाबाट प्रभावित हुनु भएको डा। बारडार्कले बताए ।

स्वास्थ्य परिक्षण गर्दा शारिरिक अवस्था सामान्य र मानसिक अवस्था निकै राम्रो पाईएको डा। बारडार्कले भनाइ रहेको छ ।

डेमोक्रयाटिक उम्मेदवार क्लिनटन आफ्ना चुनाव प्रचारप्रसारका कार्यक्रमहरुमा बिहीबारदेखि नै फर्किने उनको प्रचारप्रसार समूहले बुधवार जानकारी दिएको छ । यसअघि उनले अस्वस्थ्यताका कारण क्यालिफोर्निया भ्रमण रद्द गरेकी थिइन् ।

यसै वर्ष आयोजना हुने पार्टीको राष्ट्रिय समितिको सम्मेलनका लागि ठाउँठाउँबाट खर्च जुटाउने शृङ्खलावद्ध कोष सङ्कलन कार्यक्रम र चुनावी प्रचारप्रसार अभियानको सिलसिलामा क्लिन्टनको क्यालिफोर्निया जाने योजना रहेको थियो ।

गत २००१ सेप्टेम्बर ११ मा न्युयोर्कको ट्वीन टावरमा भएको आतङ्ककारी आक्रमणको स्मरण गर्न गतःआइतवार आयोजित पन्ध्रौँ वार्षिक श्रद्धान्जलिसभामा ६८ वर्षीय क्लिन्टनले ९० मिनेट लामो वक्तव्य दिएको र सन्चो नभएको कारण कार्यक्रम सकिनु अगावै बीचैमा छाडी प्रस्थान गरेकी थिइन्।

आगामी नोभेम्बर महिनामा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनकी उम्मेदवार क्लिन्टन अमेरिकी डेमोक्र्याटिक पार्टीको तर्फबाट प्रायःविजयको नजिक पग्न लागेकी एक सशक्त महिला उम्मेदवारको रुपमा अमेरिकाभरी चर्चित छन् । रासस/सिन्ह्वा

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *