स्क्रब टाइफसको सङ्क्रमणमा कमी, नमुनाको पुनःपरीक्षण हुँदै

tips1

चितवन, २९ भदौ –  चितवनको भरतपुर अस्पताल र चितवन मेडिकल कलेजमा गरिएको स्क्रब टाइफस रोगको परीक्षणको पुनःपरीक्षणका लागि ४० वटा नमुना काठमाडौँ लगिएको छ ।

भरतपुर अस्पतालको १० वटा र चितवन मेडिकल कलेजको ३० वटा नमुना पुनःपरीक्षणका लागि काठमाडौँ लगिएको अस्पतालले जनाएको छ ।

इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका जनस्वास्थ्य अधिकृत रेशम लामिछानेले यहाँ गरिएको परीक्षणको कतिको प्रभावकारी छ भनेर अनुसन्धान गर्न पुनःपरीक्षणका लागि नमुना लगेको जानकारी दिए।

चितवनमा रोगको सङ्क्रमणको अवस्था अध्ययन गरी लामिछाने पनि आजै राजधानी फर्किएका छन् । अहिले टाइफसको सङ्क्रमण घट्दो पाइएको तर सचेतता अपनाउन जरुरी रहेको बताए ।

चितवनमा परीक्षण गर्दा स्क्रब टाइफस पोजेटिभ भएका र नेगेटिभ भएका दुवै नमुना सङ्कलन गरेर पुनःपरीक्षणका लागि राजधानी लगिएको उनले जानकारी दिए ।

चितवनमा चितवन मेडिकल कलेजले पहिलो पटक यहाँ रोगको परीक्षण गरेर टाइफसको सङ्क्रमण भएको यही वर्ष पत्ता लगाएको थियो । त्यसपछि भरतपुर अस्पतालले आफैंले रोगको परीक्षण थालेको थियो भने अहिले नारायणी सामुदायिक अस्पतालले पनि परीक्षण थालेको छ ।
दुई दिनअघि मुसामा रहेको माइट र पश्चिम चितवन क्षेत्रका ८६ जनाको नमुना सङ्कलन गरी इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले अध्ययन थालेको हो । नेपालमा अहिलेसम्म करिव २५० जनामा स्क्रब टाइफस देखिएकामा १९० जना चितवनकै रहेका छन् । नेपालमा वैशाखयता यो रोगबाट सात जनाको ज्यान गइसकेको छ । रासस

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *