टिमुरका औषधीय गुण

timur
मीठो स्वाद र बासना हुने टिमुर लोकप्रिय नेपाली मसलाको रूपमा परिचित छ। टिमुर बिशेष गरी घरेलु औषधीका रुपमा पनि प्रयोग गरेको पाइन्छ । टिमुरको प्रयोगले दाँत दुखेमा राहत मिल्छ र शरीरमा शक्ति पैदा गर्न मद्दत  गर्छ ।

ज्वरो आउँदा, झाडाबान्ता र हैजा लागेका बेलामा टिमुर सेवन गर्दा फाइदाजनक हुन्छ ।

टिमुरको धुलो अचार, चटनी, तरकारीमा मिसाएर खाँदा तथा मासुमा मसलाको रूपमा प्रयोग गर्दा स्वादिष्ट हुनुका साथै स्वास्थ्यका लागि पनि फाइदाजनक हुन्छ ।

खानामा नियमित टिमुरको मात्रा मिलाउँदा शरीरमा ताप प्राप्त हुन्छ । जाडो मौसममा बढी लाभदायी हुन्छ ।

हाडजोर्नी दुख्दा, पेट दुख्दा र लेक लाग्दा औषधीका रूपमा समेत टिमुरको प्रयोग गर्न सकिन्छ ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *