स्वास्थ्य राज्यमन्त्रीमा तारामान गुरुङ ?

काठमाडौँ, २३ भदौ – नेपाली कांग्रेसले संखुवासभा १ बाट प्रत्यक्ष निर्वाचित सांसद तारामान गुरुङलाई स्वास्थ्य राज्यमन्त्रीको रुपमा सरकारमा पठाउने तयारी गरेको छ ।taraman-gunurng

कांग्रेस उच्चस्रोतका अनुसार केही दिन भित्र विस्तार हुने मन्त्रीमण्डलमा गुरुङलाई राज्यमन्त्रीको स्वास्थ्य राज्यमन्त्रीकोरुपमा पठाउने करीब करीब पक्का भएको छ । स्वास्थ्यमन्त्री गगन थापा भन्दा १३ बर्ष जेठा गुरुङले मानबिकीमा स्नातक गरेका छन् ।

विसं २०३६ सालको जनमत संग्रहदेखि नेपाल विद्यार्थी संघमा आवद्ध हुँदै राजनीति सुरु गरेका सांसद गुरुङले २०४७ साल पछि मात्रै पार्टी राजनीति सुरु गरेका हुन् ।

समाचार / स्वास्थ्य सामाग्री पढनु भएकोमा धन्यवाद । दोहरो संम्वाद को लागी मेल गर्न सक्नु हुन्छ ।
सम्पर्क इमेल : nepalihealthnews@gmail.com

Leave a Reply

Your email address will not be published. Required fields are marked *